विराटनगर/ नेपालका सयौं मानिस भरपर्दौ उपचारका लागि भन्दै भारतका विभिन्न सहरमा रहेको अस्पतालमा गएर उपचार गर्दछन्,तर आँखाको उपचारमा भने त्यसको ठीक उल्टो छ । आँखाका उपचारका लागि सिमावर्ती क्षेत्रमा सञ्चालित अस्पतालमा नेपालीभन्दा भारतीय विरामीले भरिभराउ हुने गरेको छ ।

तराई क्षेत्रमा सञ्चालन भएको आँखा अस्पतालहरुमा उत्तरपूर्वी भारत, पश्चिम बंगाल, विहार, झारखण्डलगायत भारतका राज्यबाट आँखाको उपचारका लागि दिनहु आउने गरेका छन् । उनीहरुले नेपालीले पाउने सुविधामै उपचार पाउने गरेका छन् ।

तराईका विभिन्न स्थानमा सञ्चालनमा आएको सुविधा सम्पन्न आँखा अस्पतालमा ७० प्रतिशत भारतीय विरामी आउने गरेको अस्पतालका सञ्चालकहरु बताउँछन् । विराटनगरमा रहेको विराट आँखा अस्पतालका प्रशासन प्रमुख राजेश प्रसाइ भन्छन्, ‘भारतीय बिरामी नै तराईका आँखा अस्पतालका लागि आर्थिक स्रोत हुन् । उनले भने, ‘नेपाली बिरामीबाट लिइने शुल्कले मात्र यत्रो आर्थिक व्ययभार थाम्न सकिदैन् ।’

विराटनगर महानगरपालिका क्षेत्रमा सञ्चालित चार वटा आँखा अस्पताहरु छन् । विराटनगर, विराट, गोल्छा, तापडिया आँखा अस्पताल सञ्चालन छन् । त्यस्तै झापामा काकरभिट्टा, विर्तामोर्डको मेची, लाहानको सगरमाथा चौधरी आ“खा लगायतका अस्पतालमा पनि नेपाली भन्दा भारतीय विरामीहरुले भरिभराउ हुने गरेको छ ।

आँखाको उपचार राम्रो सेवा नेपालमा भएका कारण भारती बिरामी यसरी आर्कषित भएका छन् । भारतको फारबिगन्चका ७० बर्षिय प्रवल सोहनीले उपचारको लागि विराटनगर आँखा अस्पतालमा भेटिए । मोतिया बिन्दुका विरामी सोहनीले भारतमा भन्दा नेपालमा राम्रो उपचारको हुने भएकोले आएको बताए । ‘यहाँ राम्रो उपचार हुन्छ त्यसैले आएको हु’ मोतियाबिन्दुका विरामी सोहनीले भने, ‘भारतको आ“खा अस्पतालमा भन्दा यहा“को अस्पतालमा सस्तो र राम्रोे उपचार हुन्छ भनेर धेरै विरामी आउँछन् ।’

भारतको नानपाराका उलान यादवले मोतियाविन्दुको उपचारको लागि विराटनगरमा राम्रो उपचार हुने भएको सुनेर आएको बताउँछन् । यसरी उलान र प्रवल मात्र होइन विराटनगरमा रहेको आँखा अस्पतालमा अधिकाशं विरामी उपचारको लागि भारतबाट नै आउने गरेका छन् ।

विराटनगर आँखा अस्पतालमा ३ लाख ६० हजारको परिक्षण विराटनगर आँखा अस्पतालका प्रबन्ध निर्देशक कुमार पृथुका अनुसार अस्पतालमा दैनिक १२ सय हाराहारी आ“खाको समस्या लिएर बिरामीहरु आउने गरेका छन् । ती मध्धे अधिकाशं भारतीय विरामी आउने गरेको उनले बताए ।

आर्थिक वर्ष ०७३–०७४ मा ३ लाख ६० हजार जनाको विराटनगर आ“खा अस्पतामा आ“खाको परीक्षण गरिएको अभिलेखमा देखिन्छ । जसमध्धे २ लाख १६ हजार भारतीबाट आएका विरामीले उपचार गरेको पृथुले जानकारी दिए ।६७ हजार ५ सय जनाको आँखाको शल्यक्रिया भएको सबै भन्दा बढी मोतिया बिन्दुको समस्या भएको विरामी भएको उनले बताए । शल्यक्रियामा पनि ७० प्रशित भारतबाट आएको बिरामी कै भएको अस्पतालको भनाई छ ।

यस कारण आउँछन् भारतीय विरामी नेपालमा सञ्चालित आँखा अस्पतालहरुमा गुणस्तरीय र भारतमा भन्दा सस्तोमा उपचार हुने भएकाले हजारौ भारतीय नागरिक उपचारका लागि नेपाल आउने गरेका हुन् । भारतबाट आउने विरामी मध्ये अधिकांस आँखाको उपचारकालागि नेपालमा सञ्चालित अस्पतालहरुमा आउने गरेका छन् ।

खुल्ला नाका भएको कारणले गर्दा पनि उपचारमा गराउन भारतीय नागरिकलाई सहज हुने भएकोले नेपालमा विभिन्न स्थानमा रहेको आँखा अस्पतामा सेवा लिन आउने गरेको विराट आँखा अस्पताल प्रशासकिय अधिकृत राजेश प्रसाइ बताउछन् । उनी भन्छन्,‘बावु बाजेको पालादेखिकाले नेपालको आ“खा अस्पतालमा उपचार गराएका हुन्छन् । उचार राम्रो पनि हुन्छ ।’ बाजेको उपचार राम्रो भएपछि बावु र छोरा नातीहरु पनि नेपालकै आ“खा अस्पतालमा आएर उपचार गर्न आएका हुन्,’ उनले भने ।’