इटहरी । इटहरी २ स्थित मुक्तीनारायण मन्दिर सेवा समितिको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

विहीबार मन्दिर परिसरमा पण्डीत लोकनाथ लुईटेलको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । स्वर्गीय भगवती कोइरालाबाट प्राप्त एक कठ्ठा जग्गामा शूरु भएको मुक्तीनारायण मन्दिरको जग्गा हाल ४ कठ्ठा १० धुर भएको अध्यक्ष अध्यक्ष पण्डीत तीर्थराज कोइरालाले बताए । मन्दिर परिसरमा हाल कम्पाण्ड वाल लगाइएको छ भने मन्दिरमा हरेक वर्ष विभिन्न पुराणको आयोजना हुने गरेको छ । मन्दिरमा हाल ३ लाख ५० हजार रुपैयाँ अक्षयकोष स्थापना समेत भएको सो अवसरमा जानकारी दिइयो । मन्दिर परिसरमा मुक्तीनारायण भगवान्को मन्दिर, यज्ञकुण्ड, पाकशाला, स्टोर, धर्मशाला, हनुमान मन्दिर, गरुढ स्तम्भ समेत निर्माण गरिएको छ ।