विराटनगर/विराटनगरमा रहेको एम्स कलेजमा बादविभाद प्रतियोगिता आयोजना गरेको छ । कलेजमा अध्ययरत विद्यार्थीहरु बिच शनिबार प्रतियोगिता आयोजना गरेको हो ।

[caption id="attachment_68971" align="aligncenter" width="1920"] प्रथम हुने लक्ष्मीले आफ्नो भनाई राख्दै ।
तस्विर: अनिल श्रेष्ठ[/caption]

‘शुसानको लागि सरकार जिम्मेवार छ’ शिर्षक राखेर आयोजना गरेको प्रतियोगितामा कलेजका लक्ष्मी मण्डल प्रथम भएकी छिन् । त्यस्तै द्धितीय अविशेष गौतम र तृतीय मनोमहन दाहाल तृतीय घोषित भए ।

प्रतियोगिताको निर्णायकहरुमा कलेजका अध्यक्ष तुलसी पोखरेल, जिल्ला सहकारी बचत तथा ऋण सहरीका संस्थाको अध्यक्ष डिल्ली पोखरेल रहेका थिए ।

‘विद्यार्थीहरुको नेतृत्व विकास गर्न यस्तो प्रतियोगिता आयोजना गरेको हो,’ कलेज प्रमुख सि.एम. बस्नेतलले भने, ‘यस्तो प्रतियोगिताले आगमी दिनमा पनि निरन्तरा दिनेछौं ।’

कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष तुलसी पोखरेलले विद्यार्थीहरुको क्षमता अभिवृद्धी गर्न यस्तो कार्यक्रमले अहम भूमिका निभार्ह गर्ने बताए । त्यस्तै सहकारीका अध्यक्ष डिल्ली पोखरेलले विद्यार्थीहरुको मनोबल अभिवृद्धी गर्न यस्तो कार्यक्रम आगमी दिनमा पनि गर्दै ल्याजाउनुपर्नेमा जोड दिए ।

बादविभाद प्रतियोगिता गर्न कलेजलले अदालतमा हुने बहसजस्तै स्वरुप तयार पारी प्रतियोगिता आयोजना गरिएको थियो । दुई समूहमा विभाजन भएका विद्यार्थीहरुले ‘सुशानको लागि सरकार जिम्मेवार’ शिर्षकमा पक्ष र विपक्षमा तर्क पेश गरेका थिए ।