पौरख गर्नेहरु आफ्नै देशको माटोमा सुन फलाईरहेको तर वहाना खोज्नेहरु अरुलाई दोस देखाएर वसीरहेका छन । काम पाईएन भन्दै दैनिक १५ सयको हाराहारीमा युवाहरु अन्तराष्ट्रिय एरपोर्ट हुदै विदेश गईरहेका छन देशलाई र राजनितिक दललाई गाली गरीरहेका छन । तर आफ्नै देशमा मेहेनत गर्ने पौरखीहरु सयौलाई रोजगारी दिदै आफ्नै भुमिमा केहि गर्नु पर्छ भन्दै सरकारको वेवस्ता गरीरहेका छन । त्यो पौरखीहरुको पौरख सरकारले पनि देखेको छैन ।

समाज परिर्वतन गर्ने आफैबाट सुरुवात गर्नु पर्छ भन्दै सकरात्मक सोच्नेहरुले फड्को मारीसके तर आफ्नो देशमा केहि गर्ने सकिन्न,नेपाल यस्तो देश भन्दै आफ्नै भुमिलाई दोश दिने अल्छीहरु जहाँको त्यही छन भन्दा फरक नपर्ला । अरुलाई देश देखाएर आफ्नो जागर नदेखाउँनेहरु विदेशमा पसिना बेचिरहका छन । आफ्नो देशमा भारतबाट आएकाहरु सडक आसपास ब्यापार गरेर मालामाल भईरहेको उदाहरण अन्त काही खोज्न पदैन नेपालका मुख्य शहरहरुमा ठेला राखेर वसेका देखि समोसा बेच्न ठुला होटल खोल्नेहरु आज प्रगतीको शिखरमा छन उनीहरुको पौरख प्रंशंसा गर्ने लायक छ ।

तर हामी आफ्नो भुमिमा चटपटे बेच्न लजाउँछौ,ठेलामा छोला बेच्न लाज लाग्छ थोरै लगानी गरेर पनि धेरै कमाउँन सक्ने प्रशस्त आधारहरु हुदा हुदै पनि विदेशमा त्यो भन्दा तल्लो स्तरको काम गदै आएकाहरुले अब आफ्नै देशमा पौरख गर्नु पर्छ भन्ने हिम्मत देखाउँन । बजारमा किताव लेख्नेहरुको पनि कमि छैन । विभिन्न संग्रह र उपन्यासहरु त बजारमा अहिले धेरै नै आईरहेको छन तर यो साता पौरख नामक किताव सार्वजनिक भयो जहाँ २३ जना आफ्नै देशका पौरखीहरु निम्न स्तरबाट आए र लाखै कमाई अन्यलाई रोजगारी सम्म दिए । आफ्नो देशको नाम चिनाए तर ती पौरखीहरुलाई अहिले सम्म सरकारले चिन्न र खोज्न सकेन केबल खोजे एक जना जुझारु पत्रकार चेतन धमलाले । धमलाले हाम्रा देशलाई गाली गदै बसेका युवा बेरोजगारीलाई पौरख किताब मार्फत एउटा सुन्दर सन्देश दिन खोजेका छन आफ्नै माटोमा सुन फलाउँ मेहेनत गरे आफ्नै देशमा प्रप्यात सम्भावनाहरु छन ।

विदेश जानु पदैन भन्दै युवाहरुलाई किताब मार्फत जोश देखाए र किताबका पात्रहरुलाई हौसाला प्रदान गरे यो विल्कुल नयाँ र फरक किताब रह््यो पौरख । मृत्यु पछि गुनगान गाउँने कितावहरु नआएका हैनन् तर जिवित छदा आएका यस्ता पुस्तकहरुले कितावका पात्रहरुलाई अझ उत्साहित त गर्छनै त्यो भन्दा पनि युवा पिडिको मार्गदर्शक बन्न सक्छ र बन्नु पनि पर्छ । उर्जाशिल दृष्टिकोण राख्ने लेखक चेतनलाई शुभकामना । यो अनुगमन पौरख पुस्तकका केहि पौरखीहरुको थोरै परिचय दिलाएको छु । मेहेनत नै सवैभन्दा ठुला कुरा रहेछन भन्ने प्रमाण पौरख पुस्तकका पात्रहरु हुन । हामी अब विदेश हैन आफ्नै माटोमा पौरख गरौ न !

को हुन पौरखीहरु ?

प्रा.डा. टङ्क न्यौपाने टङ्क न्यौपाने एक बर्षको नहुँदै आमा स्वर्गबास भइन् । टाइफाइडले थलिएर बुवा अपाङ्ग भए । उनी धरानको पिण्डेश्र मन्दिरमा चढाएको चामल खाएर हुर्के । मागेका किताब हेरेर भुइँको धूलोमा औँलाले अक्षर लेख्न सिके । सुन्दै कहालीलाग्दो छ उनको विगत । तर, उनी त्यही विगतबाट उठेर हजारौँलाई उज्यालो भविष्य र बाटो देखाउने भाषाविद् प्राध्यापक डा. टङ्क न्यौपाने बने । उनले भाषा र साहित्यमा पु¥याएको योगदानको कदर गर्दै इटहरी र धरानमा रथारोहणसहित उनको भव्य नागरिक अभिनन्दन भयो । इटहरी र धरानले उनलाई यस्तो सम्मान दियो, जुन यो क्षेत्रमा कसैले पाएको थिएन । चिउँडा वरिपरि झुस्स दारी राखी छाड्ने, प्रायः काँधमा सानो ब्याग बोक्ने, हँसिलो अनुहारका टङ्क न्यौपाने धरान र इटहरीमा देखिइरहने व्यक्ति हुन् । उनी शारीरिक रूपमा अधिकतर मान्छेभन्दा होचा छन् । तर, उनको बौद्धिक उचाइ उनको शारीरभन्दा हजारौँ गुणा माथि छ । उनको बौद्धिक उचाइका सामु धेरै विद्वानहरू होचा–पुड्का लाग्छन् ।

बलराम आचार्य बलराम आचार्य समय चिन्न सक्ने खुबी भएका सफल व्यापारी हुन् । कुनै समय भारतको नागाल्यान्डमा उखु खेती गर्न पुगेका उनी अहिले इटहरीकै परिचयका रूपमा स्थापित गोरखा डिपार्टमेन्ट स्टोरका मालिक छन् । उनको ‘गोरखा’ ब्रान्ड पूर्वका सहरमा फैलिँदो छ । उनी कृषि, खाद्य उद्योग, रियल–स्टेट र पर्यटन क्षेत्रमा पनि लगानी विस्तार गरिरहेका छन् । बलराम जुन क्षेत्रमा हात हाल्छन्, त्यसमा सफल हुन्छन् । लाग्छ उनले हात हालेको क्षेत्र नै अबको सम्भावनायुक्त क्षेत्र हो । जहदामा किराना पसल र धान–गहँु किनबेच गर्ने काँटा खोले । स्थानीयसँग धान किनेर राँगा–गाडामा बेलबारी लगेर बेच्न थाले । यसरी व्यापार गरेको छ महिनामा उनले साइकल किने । त्यतिबेला उनलाई त्यो साइकल किन्दा हवाइजहाज किने जस्तै खुसी लगेको थियो रे ! समयसँगै मान्छेका आवश्यकता र खुसी थपिँदै, बदलिँदै जान्छन् उनको यो मेहेनत विदेशमा गरेको भए यो प्रगती हुन्थ्यो । असम्भव बेरोजगार भएँ भन्दै मेनपावरका गाउँदेखिका एजेन्टहरूलाई कमिसन खुवाएर खाडीमा पसिनासँग पैसा साट्न युवाहरू लर्को लागिरहेका बेला बलरामले कमाएको सम्पत्तिभन्दा यो पौरख निकै अमूल्य छ ।

भोलेश्वर दुलाल भोलेश्वर दुलाल जन्मेको छ महिनामैै टुहुरो बने । खाने–लाउने दुःख टार्न र पढाइ खर्च जुटाउन १५ वर्षको उमेरमै अर्काकोमा काम गरे । दुई सय रूपियाँका लागि महिना दिनसम्म खटे । त्यही प्रतिबद्धता र लगनशीलताका कारण २० वर्षको अन्तरालमा आज उनी छ सयभन्दा बढीलाई रोजगारी दिन सफल उद्योगी भएका छन् । ७५ जना विद्यार्थीलाई नियमित रूपमा छात्रवृत्ति दिएर पढाइरहेका छन् भने विराट चोक क्षेत्रको भौतिक विकासमा सहभागी भएर सक्रिय सामाजिक अभियन्ताको परिचय पनि बनाएका छन् । पैदल हिँडेर पसिना चुहाउँदै सुरु गरेको व्यापार तीन वर्षमा साइकल चढ्ने भएपछि उनी झन् उत्साहका साथ काममा थप मिहिनेत गर्न थाले । त्यही मिहिनेतले उनलाई साइकल चढ्ने भएको छ वर्षपछि कार चढ्ने बनाइदियो । २०५८ सालमा उनले विराट चोकमै घर जोडे, गाडी पनि जोडे । अब उनी पैसा मात्र होइन, इज्जत पनि कमाउनुपर्छ भन्ने–सोच्ने ठाउँमा आए । क्रमशः व्यावसायिक सफलताको स्वाद चाख्दै गएका उनले उद्योग खोल्ने सोच बनाए । अनुसार, इमानदार व्यापार र कडा मिहिनेत नै यो सफलताको आधार हो । किशोर अवस्थाका अनेक रहर मारेर काममा रमाउँदाको परिणाम पनि हो यो दुलाल भन्छन ।

मानबहादुर विक भोजपुरको सामान्य परिवारमा जन्मेका मानबहादुर गहना बनाउने पुख्र्यौली पेसालाई अन्तर्राष्ट्रियस्तरसम्म विकास गर्ने युवा उद्यमी हुन् । उनका आफन्तले सुरुवाती दिनमा ‘दलित’ भनिएर घर भाडामा समेत पाएनन् । दलित भएर मन्दिरभित्र पसेको भन्दै उनका आफन्तलाई तत्कालीन समाजले दण्डित समेत ग¥यो । तर, यस्ता सामाजिक र अन्य आर्थिक उत्पीडन खेपेर अविचलित सङ्घर्ष गरिरहे । आज मानबहादुरलाई कुनै मन्दिर प्रवेशमा रोक छैन । बरु उच्च जातिका भनिएका मानिसहरूको घरमा स्वागत हुन्छ । कुनै दिन दलित जातिको भनेर होचो–अर्घेलो गरिएका यी बेरोजगार युवा आज पाँच सयभन्दा बढीका रोजगारदाता भएका छन् ।

गीता गौतम गीता गौतम अरूका लागि बाँच्ने एक असामान्य महिला हुन् । उनी सानै हुँदा बुबाआमाको निधन भयो । अभिभावकको आवश्यकता बढी पर्ने समयमा बुबाआमाको निधन भएपछि उनी भारतको अनाथ आश्रममा पुगिन् । पछि तिनै गीता अनेकौँ बेसहाराहरूकी सहारा बनिन् । उनले सञ्चालन गरेको अनाथ आश्रममा सयौँ बालबालिकाले आश्रय पाए । पढ्न लेख्न पाए । संसार देख्न, बुझ्न र बुझाउन पाए । बाल्यकालमै एक्लीएकी र जवान हँुदा समाजबाट पटक–पटक हेपिएकी गीता अहिले एउटा ठुलो परिवारको माझमा छिन् । समाजमा सम्मानित पनि ।

मनु मन्जिल सार्क युवाकवि पुरस्कारबाट पुरस्कृत पहिलो नेपाली कवि मनु मन्जिल रसिलो लेखन, जोसिलो प्रस्तुति र हँसिलो अनुहारसहित सुपरिचित छ्न् । उनी लेखेरै अन्तर्राष्ट्रिय जगत्मा नेपालको पहिचान स्थापित गर्न लागिपरेका छन् । राम्रै बन्दोबस्त भएको परिवारमा जन्मेर पनि समयअन्तरमा विभिन्न खाले अवरोध र कष्ट खेप्नुप¥यो उनले । तर, अत्यन्तै असहज अवस्थामा पनि कलमलाई साथी बनाएका उनी निरन्तरता र गहकिलो लेखनीका कारण चर्चित सेलिब्रिटी भएका छन् । नेपाली कविता साहित्यमा उनको सकारात्मक हस्तक्षेप बढ्दो छ । उनका सिर्जना र विचारहरूले निरास समाजमा आशा सञ्चार गरिरहेको छ । परिवर्तन मन पराउने युवा–वृत्तमा अझ उज्यालो थपिरहेको छ ।

तृप्ता मगर तृप्ता मगर अनन्त प्रेरणाकी स्रोत हुन् । जन्मेको दुई वर्षमै पोलियोले उनका दुवै खुट्टा नचल्ने भए । अरू ठम–ठम हिँड्दै स्कुल जाँदा उनी हात टेकेर खुट्टा घिसार्दै स्कुल जान्थिन् । घिसारिँदा शरीरका विभिन्न भागबाट तरतरी रगत बग्थ्यो । धूलो–मैलो र दुखाइले कहिलेकाहीँ त हिरिक्क हुन्थिन् । तर, उनले पढ्न छाडिनन् । यही मिहिनेत र इच्छाशक्तिले उनी सरकारी शिक्षक भइन् । फरक क्षमता भएका व्यक्तिको पहुँच र अधिकारका क्षेत्रमा काम गर्ने अग्रज सहजकर्ता भइन् । तृप्ताले स्थापना गरेको संस्थाले विभिन्न व्यावसायिक सिप हस्तान्तरणका लागि सहजीकरण गरेर दर्जनौँलाई समाजमा स्थापित र सफल बनाएको छ ।

सुशील पोखरेल सुशील पोखरेल अन्तर्राष्ट्रियस्तरको सम्मान एसिया अनेस्टी एवार्ड २०१५ बाट सम्मानित युवा उद्यमी हुन् । कर्तव्यनिष्ठ उद्यमीलाई दिइने यो सम्मान प्राप्त गर्ने सुशीलको सफलताको यात्रा हेटौँडाका सडकमा पत्रिका बेच्ने वितरकबाट अघि बढेको हो । उनी अहिले हाइड्रो–पावर, पर्यटन र आइटीसहित अनेकन व्यावसायिक क्षेत्रका सफल लगानीकर्ता हुन् । सामान्य परिवारमा जन्मिएका सुशीलका लागि लामो बाटो छिचोलेर यो उपलब्धिसम्म आइपुग्नु त्यति सहज थिएन । तर, आफैँ बाटो बनाउने पौरखीहरूले सगरमाथा पनि सजिलै छिचोल्न सक्दा रहेछन् ।