धरान/बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हातामा सञ्चालित दिल्ली पब्लिक स्कुलका नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुले बिहीबार आ–आफ्नो सीप कौशल प्रस्तुत गरेका छन् । [caption id="attachment_69644" align="alignnone" width="1007"] तस्बिरहरुः भोजराज श्रेष्ठ[/caption] विद्यार्थीहरुको कौशललाई प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार, अस्पताल निर्देशक प्रा.डा. गौरिसंकर साह, शिक्षाध्यक्ष प्रा.डा. गुरु खनाल, रजिष्टार तुलबहादुर श्रेष्ठलगायत अतिथिहरुले हेर्ने मौका पाए । विद्यार्थीहरुको कौशल हेर्दै उपकुलपति रौनियारले विद्यार्थीहरुको प्रशंसा गरे । स्कुलका विद्यार्थीहरुले वार्षिक कार्यक्रम ‘ज्याम्बोरी’ मार्फत् आफ्नो कौशल प्रस्तुत गरेका थिए । नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुले आ–आफ्नो क्षमता अनुसारको प्रतिभा प्रस्तुत गरेका थिए । नर्सरीका विद्यार्थीहरुले विभिन्न रंगीविरंगी घरहरु निर्माण गरेका थिए । त्यस्तै विभिन्न खेलौनाका सामग्रीहरु स्टलमार्फत् प्रदर्शनीमा राखे । वर्षभरी विद्यार्थीहरुले अध्ययन अध्यापन गरेको विषयमा आफ्नो दक्षता प्रस्तुत गर्नको लागि स्कुलले वार्षिक रुपमा यस्तो कार्यक्रम राख्ने गरेको प्रिन्सिपल पिके संकरालिङ्गमले बताए । उनका अनुसार यसबाट विद्यार्थीहरुलाई मनोरञ्जन प्रदान गर्नेसँगै विद्यार्थीहरुको प्रगतिको बारेमा अभिभावक तथा पाहुँनाहरुलाई जानकारी गराउने उद्देश्य हो । विद्यार्थीहरुले विज्ञान प्रदर्शनी, कम्प्युटर प्रदर्शनी, इन्जिनियरिङ एण्ड इण्डष्ट्रियल एक्स्पोसमेत देखाइएको थियो । विद्यार्थीहरुले धरहरा, घण्टाघर तथा बौद्ध स्तुपासमेत तयार पारेर स्टलमा प्रदर्शनीमा राखेका थिए । ज्याम्बोरीमा २५ वटा स्टलहरु रहेका थिए । जसमा खानासँगै, विद्यार्थीहरुले आ आफ्नो स्टलहरु राखेका थिए । त्यस्तै विदेशमा पढ्न जाने विषयमासमेत इडन एकेडेमीले जानकारी गराएको थियो । कार्यक्रममा विभिन्न सांगीतिक तथा नृत्य प्रस्तुत गरिएको थियो । जसमा विभिन्न जातीय तथा साँस्कृतिक नृत्यहरु राखिएको थियो । कक्षा अनुसारको फरक फरक साँस्कृतिक नृत्यहरु राखिएको थियो ।