धरान/धरानको महेन्द्र बहुमुखी क्याम्पसले ६३ औं वार्षिकोत्सव बिहीबार मनाएको छ ।
[caption id="attachment_69658" align="alignnone" width="3264"]
तस्बिरः भोजराज श्रेष्ठ[/caption]
वार्षिकोत्सवको क्रममा क्याम्पसमा अध्ययरत विद्यार्थीहरुलाई विभिन्न दाताहरुले स्थापना गरेको छात्रवृतिसमेत प्रदान गरेको छ । गरिव तथा विपन्न विद्यार्थीहरुको लागि दाताहरुले स्थापना गरेको छात्रवृति हरेक वर्षको वार्षिकोत्सवमा प्रदान गरिदै आएको क्याम्पस प्रमुख चन्द्रकुमार राईले बताए ।
क्याम्पसले विभिन्न तहमा अध्ययरत ११ विद्यार्थीहरुलाई ‘जेहेन्दार छात्रवृति’ प्रदान गरेको प्रमुख राईले बताए । क्याम्पसमा मुरली सुन्दर गोविन्द छात्रवृति, देवीप्रसाद लोकन्द्रप्रसाद छात्रवृति, गंगाप्रसाद–अर्चना चम्लगाई छात्रवृति, पूर्ण राई छात्रवृति, नारायणगोविन्द छात्रवृति, बीपी कोइराला छात्रृवृति, स्वभूमिलक्ष्मी पलिखे स्मृति पुरस्कार छात्रवृति, डा. गोविन्दराम अग्रवाल पदक विभिन्न विद्यार्थीहरुलाई प्रदान गरिएको छ ।
त्यस्तै उमानाथ मायादेवी छात्रवृति कोष, भवानीनन्दा नर्वदा छात्रवृति, गोविन्दकृष्ण पलिखे तथा श्रीमती सुशिलादेवी पलिखे मेधावी छात्रवृति, सुशिलादेवी पलिखे मेधावी छात्रा पुरस्कार–२०६९, फडिन्द्रप्रसाद आचार्य छात्रवृति, उद्धिम रुपमाया श्रेष्ठ छात्रवृति, स्वर्गीय धनकुमार निरौला कनकबहादुर निरौला स्मृति अनुसन्धान पुरस्कार, भागवतप्रसाद श्रेष्ठ छात्रवृति, कृष्णराज तिलाइदेवी मास्के स्मृति छात्रवृति, माया आचार्य स्मृति छात्रवृृृति प्रदान गरिएको कार्यक्रम संचालक कमल दाहालले बताए ।
कार्यक्रममा उपस्थिति अतिथिहरुले क्याम्पसको उत्तरोत्तर प्रगतिको कामनासमेत गरेका थिए । पुरस्कृत तथा छात्रवृति पाउने विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान नगर प्रमुख तारा सुब्बाले बधाई तथा शुभकामना दिएका थिए ।