काठमाडाै । सशस्त्र प्रहरी बलमा थप गर्न लागिएको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को ५ वटा दरबन्दीका बारेमा गरिएको निर्णयले संगठनभित्र तीव्र असन्तुष्टि सृजना गरेको छ ।

सीमा सुरक्षाको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलको दरबन्दी करिब ३७ हजारको हाराहारीमा रहेको छ । सो संगठनमा यसअघि ६ सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रहेकामा अब संघीयता कार्यान्वयन गर्ने नाममा ११ पु¥याउन लागिएको छ । सो संगठनको अन्य दरबन्दी मिलान नगरी एआईजी र केही एसपीको मात्रै दरबन्दी बढाएपछि सशस्त्र प्रहरीभित्र तीव्र असन्तुष्टि बढेको हो ।

गृह मन्त्रालयद्वारा तयार पारिएको र मन्त्रिपरिषदबाट स्वीकृत उक्त निर्णयअनुसार एआईजीमा बढुवा हुने सूचीमा रहेका जानकी भट्टराई, सुबोध अधिकारी, षडानन्द चौधरी, निराक्रमविक्रम शाह र सुरज श्रेष्ठ रहेका छन् ।

बढुवाको पहिलो नम्बरमा रहेका भट्टराई अर्थमन्त्रीका नातेदार हुन् भने अधिकारी मुख्यसचिव लोकदर्शन रेग्मीका बहिनीज्वाइँ हुन् । शाह प्रधानमन्त्री पत्नी आरजु देउवाका आफन्त हुन् । चौधरी भने कांग्रेस नेता विजय गच्छदारका आफन्त हुन् । उनीहरू आउँदो चैत १५ गतेबाट पदावधिका कारण स्वतः अवकाश पाउने सूचीमा रहेका थिए । अब उनीहरू एआईजीमा बढुवा भए अर्को १ वर्ष सेवा गर्ने मौका पाउने छन् । बढुवाको सूचीमा रहेका सुरज श्रेष्ठ भने सशस्त्र प्रहरी बलका ११औं आईजीपीका दाबेदारको रूपमा हेरिएका व्यक्ति हुन् ।