तरहरा । योग पनि स्वास्थ्यका लागी खेलकुद जतिकै महत्वपूर्ण भएको भन्दै सुनसरीमा पहिलो पटक जिल्ला खेलकुद संघ गठन भएको छ । योगका कारण मानिसको स्वास्थ्यमा परिर्वतन हुने भन्दै योग संघ गठन गरेको हो । उमेर ढल्केकाहरुलाई पनि स्वास्थ्य बनाउँने उदेश्यले योग खेलकुद गठन भएको हो ।

इटहरीकी सामाजिक अगुवा वालिका भट्टराईको अध्यक्षतामा १३ सदस्य कार्यसमिति चयन गरेकोछ । जस्कको उपाध्यक्षमा प्रल्हाद वस्नेत,सरु थापा रहेका छन । सचिवमा हेमचन्द्र राई,कोषाध्यक्षमा रुक्मा रिजाल चयन भएका छन । सदस्यहरुमा सुमनमान स्थापित,श्याम पौडेल,मिलन श्रष्ठ,विप्लप घोष,रोमकुमारी अधिकारी,विष्णु सिटौला,चेतराज पोखरेल र प्रल्हाद दाहाल चयन भएको छन ।

न्वनिर्वाचित अध्यक्ष बालिका खड्काले योग मार्फत बृद्धाहरुलाई सम्म स्वास्थ्य बनाउँने लक्ष्य रोखेको वताईन । पछिल्लो समयमा विलासी जिवन शैलीका कारण जनमानसमा रोगको भय बढिरहेको कारण योग मार्फत सबैलाई स्वास्थ्य बनाउँने आफुले पहिला देखि पलह गदै आएको उनको भनाई थियो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनुरोध थापाको अध्यक्षतामा भएको कार्यक्रममा खेलकुद परिषदका बोर्ड सदस्य शम्भु आचाईको प्रमुख अतिथ्यमा भएको थियो ।