धरान/ धरानको सहिद स्मृति माविमा जारी महायज्ञमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । महायज्ञको तेस्रो दिन १ लाख ५३ हजार ९ सय भन्दा बढी रकम जुटेको छ । सुक्रबार धरान ११ निवासी तुलाराम भण्डारी र चन्द्रकला ओझाले १० हजार एक सय, धरान ८ की राधिका सुब्बा (हाङगाम)ले ११ हजार एक सय एघार रुपैया सहयोग गरे । त्यस्तै धरान ८ का प्रेमप्रसाद पोख्रेल २० हजार सात सय पचास रुपैया , धरान १५ निवासी पुर्व शिक्षक नन्दकुमार श्रेष्ठले १० हजार एक सय पच्चिस र तरहरा निवासी मिना घिमिरेले ११ हजार पाँच सय रुपैया दान गरेको प्रचारप्रसार संयोजक तथा शिक्षक बोधराज कँुवरले बताए । सहीद स्मृति माविको विद्यालय शिक्षक तथा कर्मचारी परिवारले सहयोग गरेको हुनु पर्नेमा संगठन लेखिएको संयोजक कुँवरले बताए ।