चक्रघट्टि । बाल बिकासका शिक्षकलाई समिति गठनमा नसमेटेको भन्दै शिक्षकको समुहले नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । बराह नगरपालिकामा शिक्षाको गुणस्तरीय विकास गर्न र पेशागत समस्याको समाधान गर्ने उदेश्यले नगर शिक्षा समिति गठन हुन गइरहेको अबस्थामा शिक्षकका सम्पुर्ण छाता संगठनहरुलाई समेटेर गठन गर्न लागीएपनि बाल बिकासका शिक्षकलाई समितिमा नसमेटेका कारण ज्ञापन पत्र बुझाएका हुन् । बाल बिकास केन्द्रकी नगर अध्यक्ष मेनुका कार्की सहितका शिक्षकहरुले शुक्रवार बराह नगर प्रमुख निलम खनाललाई ध्यानाकर्षण गराउदै ज्ञापन पत्र बुझाएका छन् । बाल बिकासलाई हेलत्वको भावनाले राज्यबाट हेरिरहेको अवस्थामा अहिलेको स्थानीय सरकारले आफुहरुलाई समेटेर लैजाने आशा रहेका थियो । तर नगर शिक्षा समिति गठन हुदा सम्पुर्ण शिक्षकको छाता संगठनलाई समेटिए पनि बाल बिकासका शिक्षकलाई नगरपालिकाले बेवास्ता गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । ।अहिलेको संविधानले नगरपालिकालाई नगर शिक्षा समिति गठन गरी शिक्षा सम्वन्धि आवश्यक कानुन बनाउने अधिकार दिएको अवस्थामा शिक्षा समितिमा शिक्षकका छाता संगठनलाई समेटिए पनि बाल बिकासका शिक्षकलाई नसमेटिएको गुनासो बाल बिकास केन्द्रकी नगर अध्यक्ष कार्कीको ले गरेकी छन् । चिया भत्ता चाहिदैन बाल बिकास केन्द्रका शिक्षकलाई पनि समेटेर समिति गठन गरीयोस भन्ने माग राखी नगर प्रमुखलाई ज्ञापन पत्र बुझाउन बाध्य भएको अध्यक्ष कार्कीले बताएकी छन् । बाल बिकासका शिक्षक सधै सेवा र सुबिधाबाट बञ्चित हुनु परेको छ । बाल बिकासका शिक्षकले आफ्नो पिर मर्का राख्ने ठाउँ कतै नभएको ,निम्न तलबमा सेवा दिनु परेको , घर घरमा गएर बिध्यार्थी ल्याउनु पर्ने अवस्था रहेको बाल बिकास नगर उपाध्यक्ष मनिसा श्रेष्ठले बताइन् । बाल बिकास नगर अध्यक्ष कार्की , उपाध्यक्ष श्रेष्ठ , सचिव अम्बिका सुवेदी ,सह सचिव मैया श्रेष्ठ , कोषाध्यक्ष शान्ता श्रेष्ठ ,सदस्यहरु सिर्जना थापा मगर , कुमारी कार्की, गिता चौधरी , रेखा डोटेल , होम कुमारी श्रेष्ठ , पे्रम कुमारी निरौला , तारा थापा लगायतको सहभागिता रहेको थियो । प्रारम्भिक शिक्षा दिने सधै महान हुने भएकाले उनीहरुको श्रमको उचित मुल्याङ्कन गर्न जरुरी रहेको हुन्छ । बाल बिकासलाई राज्यले सम्बोधन गर्ने भनेर आफुले पर्खेर बसेको नगर प्रमुख निलम खनालले बताए । अब सबै अधिकार नगरपालिकालाई नै आएकाले आउदो बजेटमा बाल बिकासलाई समेट्ने आश्वासन खनालले दिएका छन् । शिक्षा समिति गठनमा अब १ दलित र ३ महिलाको लागी पद खाली रहेकाले बाल बिकासका शिक्षकलाई समेटेर गठन गरीने आश्वासन नगर प्रमुख खनालले जनाएका छन् ।