पथरी । बैदेशिक रोजगारमा रहेका मोरङ राजघाटका युवाहरुको समुह केबीआई ग्रुपले विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । शुक्रबार एक कार्यक्रम बिच उर्लाबारी—९ मा रहेको सार्वजानिक माविलाई नगद १ लाख ८० हजार रुपैंया रकम हस्तान्तरण गरेको हो । ग्रुपका प्रतिनिधी लक्ष्मी खापुङ इन्द्रले सो बराबरको रकम विद्यालयका प्रधानाध्यापक टंक दुलाल र अध्यक्ष कुरुराज आङबुहाङलाई हस्तान्तरण गरेको थियो । अक्षयकोषमा रहने गरी र विद्यालयको स्तरोउन्नतीका लागि उक्त रकम सहयोग गरिएको खापुङले बताए । आफुले हङकङमा विद्यालयका पूर्व विद्यार्थी र शुभेच्छुकसँग रकम संकलन १ लाख ३० हजार संकलन गरेको र ग्रुपको तर्फबाट ५० हअजार थप गरि सहयोग गरिएको खापुङले बताए । उनले भने –‘यो रकम विद्यालयको खातामा रहनेछ, त्यो रकमको ब्याजबाट विद्यालय र विद्यार्थीको लागि रचनात्मक कार्य गर्नु सकिने छ । उनले उक्त रकमबाट विद्यार्थीको प्रतिभा उजागर, खेलकुद,पठनपाठनमा सहयोग गर्नुहोस ।’ यसअघि केबिआई गु्रपले उर्लाबारी—९ कै प्रभात आधारभुत विद्यालयलाई पनि कसल लिम्बूको नेतृत्वमा नगद १ लाख ७७ हजार ६ सय सहयोग गरेको भीम पन्धाकले जनाए । ग्रुपले आफ्नो गाउँठाउँलाई समृद्ध बनाउदै लैजाने योजनाहरु बनाएको छ । गाउँमा सडक बत्ति,शिक्षा,स्वास्थ्य,खेलकुद लगायतका थुप्रै समस्याहरुमा सहयोग गर्न हामी जागरुक भएका हौ, ग्रुपका भीम पन्धाक बताउँछन् । ग्रुपले अक्षयकोष खडा गरिसकेको कोषको ब्याजको रकमबाट समाजिक थालिने गरेको पन्धाकले बताए ।