पथरी/ पथरीशनिश्चरे नपालिका ३ स्थीत सुन्दरी चौकमा किरातहरुको नयाँ बर्ष येले तङ्वे कुसङ तङवे–५०७८ को अवसरमा ऐतिहासिक येले तङ्वे धार्मिक मेलाको उद्घाटन भएको छ ।

धार्मिक तथा सांस्कृतिक येले मेला व्यवस्थापनको आयोजनामा गरेको मेलालाई शनिबार मोरङ क्षेत्र नं. ३ , (क) का सांसद सुर्यरमाराज राईले उद्घाटन गरेको हो । उद्घाटन कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाको मेयर दिलिप राई बिशेष अतिथि रहेका थिए ।

त्यसैगरी अतिथिहरु लिम्बू विद्यार्थी मञ्चका केन्द्रिय अध्यक्ष फिपराज बेघा, किरात याक्थुम चुम्लुङका जिल्ला अध्यक्ष विवेक लिम्बू, पत्रकार अजुर्न जम्मेली राई, पथरी उद्योग बायिाज्य संघका अध्यक्ष धनकुमार तामाङ, सिरजंगा धार्मिक बन पथरीशनिश्चरेका सचिव सन्तोष सेरेङ लगाएत उपस्थीत रहेका थिए । शनिबार देखि सोम्बार ३ दिन सम्म लाग्ने मेलामा विभिन्न खेल,मनोरञ्जन र साँस्कृतीक कार्यक्रमहरुको साथमा येले सिङगिङ आइडल पनि हुने आयोजक कमिटिका सदस्य मौसम परिवर्तन याक्थुम्बाले बताए ।

येले सिङ्गिङ आइडलमा प्रथम हुनेलाई १५ हजार, दोस्रो हुनेलाई १० हजार र टप टेन हुनेलाई प्रत्येकलाई ५सय रुपैया र सहभागी प्रतिस्प्रधि २५ जनालाई येले सिङ्गिङ आइडल अङ्कित टि सर्ट दिइने आयोजकले बताएका छन् । मेलामा मनोरञ्जनका लागी रोटेपीङ, जादुगर लगाएत रहने छ ।

त्यसैगरी राष्ट्रिय गायिका थोक्फेला लिङ्देनको साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ । त्यस स्थानमा प्रत्येक बर्ष येले मेला लाग्दै आएको छ । येले सिं (येले स्तम्भ) किरात माङ्हिम,सिरिजंगा सालिक,इमानंिसंह चेमजोङको सालिक, येले स्मृती पार्क लगाएत अबलोकन गर्न सकिने आयोजक कमिटिले बताए ।