भद्रपुर/ कम्यूटर सम्बन्धि ज्ञान हासिल गरी दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्य लिएर CTEVT स्तरीय ४५ दिने तालिम आइतबारबाट शुरु गरिएको छ । ब्यवसायीक तथा सीप विकास तालिम केन्द्र भद्रपुरको आर्थिक सहयोग एवं भद्रपुरकै Ns–cse को प्राविधिक सहयोगमा कम्यूटर हाडवेयर तालिम शुरु भएको हो ।
तालिमलाई केन्द्र प्रमुख सुमेन्द्र मण्डलले उद्घाटन गरेका थिए । तालिममा सक्रिय सहभागी भएर सिकेको सीपलाई ब्यवहारमा उतार्न प्रशिक्षार्थीलाइ अनुरोध गरेका थिए । कार्यक्रमको औचित्यमाथि प्रशिक्षक निसान लिम्बुले प्रष्ट पार्दै तालिम अवधिभर प्रशिक्षक र प्रशिक्षार्थीबिच सीपको आदन प्रदान अनिवार्य रहेको उल्लेख गरेका थिए ।
Ns–cse का सञ्चालक दीप लिम्बुको अध्यक्षता तथा भद्रपुर नगरपालिका मेयर जीवन कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सीप विकासका तालिम अधिकृत गौतम पौडेल,पत्रकार इश्वर अधिकारीले मन्तव्य राखेका थिए ।
Ns–cse का सल्लाहकार धनबहादुर लिम्बुले स्वागत गरेको कार्यक्रमको सञ्चालन सज्जन भण्डारीले गरेका थिए । तालिममा ३२ जनाले भाग लिएको सीप विकास तालिम केन्द्र भद्रपुरले जनाएको छ ।