विराटनगर/ मोरङको जहदा गाउँपालिका – ४ मा रहेको शैलजा आचार्य स्मृति पोलिटेक्निकको १६ औं वार्षिक उत्सव तथा अभिभावक दिवस विविद्य कार्यक्रम आयोजना गरी मनाएको छ ।

वर्षेनी रोजगारमुखी विद्यार्थी उत्पादन गर्दै आएको उक्त पोलिटेक्निले मंगलबार एक कार्यक्रमको बिच वार्षिकउत्सव मनाएको हो ।

सो अवसरमा अनमी, स्टाप नर्स, कृषि जेटिएल आदीको परीक्षामा उत्कृष्ट अंक ल्याउने ३३ जना विद्यार्थीहरुलाई कलेजले सम्मान ग¥यो । सम्मानित हुने विद्यार्थीहरुलाई समाजसेवी तोरेन्द्रमान सिंह प्रधान, प्रदेश सांसद विद्यानन्द चौधरी, काँग्रेस नेता राजेश गुप्ता आदीले प्रमाणपत्र तथा मेडल पदान गरी सम्मान गरे । कार्यक्रममा उक्त पोलिटेक्निकमा अध्ययनरत विद्यार्थीहरुले सा“स्कृति झल्किने पहिरनमा नृत्य प्रस्तुतीले थप आकर्षण बन्यो ।

आधा दर्जन विभिन्न विषयमा पढाइ हुने सो पोलिटेक्निक ४ सय ४० जना विद्यार्थीहरु अध्ययरत रहेको कलेज प्रमुख शन्तबहादर अधिकारीले जानकारी दिए । उनका अनुसार वर्षेनि २ सय जना विद्यार्थीहरु रोजगारमुखी शिक्षा लिएर विद्यार्थीहरु उत्पादन हुने गरेको बताए । जसमा ८० प्रतिशत विद्यार्थीले रोजगारी पाउने कलेज प्रमुख अधिकारीको भनाई छ ।