चक्रघट्टि ।सामुदायिक बिध्यालयमा कार्यरत कर्मचारीको हक, हित ,अधिकार र समस्या समाधानका निम्ति बराह नगरपालिकाका सम्पुर्ण कर्मचारी एक हुने उदेश्यले नेपाल बिध्यालय परिषद प्रथम नगर भेलामा नगर समिति गठन गरीएको छ । राम प्रसाद शाहको अध्यक्ष तथा केन्द्रीय अध्यक्षबहादुर खडकाको प्रमुख आतिथ्यमा नौ जनाको समिति गठन गरेको हो । भेलाले सुजन लिम्बुको अध्यक्षतामा ९ सदस्य रहने गरि समिति गठन गरीएको छ । समितिको उपाध्यक्षमा गिता बराल, सचिव भिम बहादुर विष्ट, कोषाध्यक्ष लिला दाहाल , उपाध्यक्ष सौरभ दाहाल, सदस्यहरु पदमा भट्टराई ,रिता कुमारी कटुवाल, दिपेन्द्र उराव , बलराम कविरथ रहेका छन् । बराह नगरपालिकामा ५५ वटा सामुदायिक बिध्यालय रहेका छन् । उक्त नगर भेलामा कर्मचारीहरुले आ– आफ्नो दुख व्यक्त गरेका छन् । कर्मचारीले बढी श्रम गर्नु परेको श्रमको मुल्याङकन प्रधानाध्यापकले नगरेको ,बढी श्रम र समय दिनु परेपनि सेवा सुविधा एकदमै न्युन रहेको , लेखापालको लागी न्युनतम योग्यता ं+२ खोज्ने , कर्मचारीले बिहान १० बजेअघिनै बिध्यालयमा उपस्थिति भई बेलुका ४ बजे पछि सम्म बस्नुपर्ने बाध्यता , ं+२ भएका बिध्यालयमा बिहान ६ बजेदेखि बेलुका ४ बजेसम्म न्युन तलबमा सेवा दिनुपर्ने, प्रा.बि तहका कर्मचारीलाई ४ हजार, नि.मा.वि तहका लागी ४५ सय र मा.बि तहका कर्मचारीले ६५ सय तलब मात्र प्राप्त गर्नु परेको तितो यथार्थ रहेको गुनासो गरेका छन् । अबको स्थानीय तहले कानुन बनाउदा कर्मचारीलाई मध्यनजर गरी श्रमको मुल्याङ्कन गरीयोस , अबकासको व्यवस्था हुनु जरुरी रहेको प्रअको कार्यान्वयन र निर्णय गर्ने मात्र जिम्मेवारी हुन्छ भने बाकी काम कर्मचारीले गर्नुपर्ने अवस्था रहेको उपस्थित कर्मचारीले बताएका छन् ।