चक्रघट्टि । बराह नगरपालिकाको महेन्द्र मा.वि. तित्रिगाछीको ४५ औ अभिभावक दिवस सम्पन्न भएको छ । विध्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम आचार्यको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बराह नगर शिक्षा समितिका प्रमुख डिल्लिराम अधिकारी रहेका थिए । सहायक प्रधानाध्यापक फिरोज घिमिरेले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य शिक्षक बिष्णु प्रसाद सापकोटाले प्रस्तुत गरेका थिए । बिध्यार्थीहरुले नृत्य र नाटकहरु प्रस्तुत गरेर उपस्थित अभिभावक ,अतिथिहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । बिध्यालयलाई सक्रिय सहयोग पु¥याउने शिक्षापे्रमी, अक्षय कोषदाता एवम कार्यरत शिक्षक कर्मचारीलाई कार्य सम्पादन मुल्याङ्गकन र योगदानका आधारमा सम्मान गरीएको छ । जसमा बिध्यालयमा स्थापना भएका छात्रवृत्ति अक्षयकोष दाताहरुमध्येबाट स्व. बाल कुमारी पौडेल स्मृति छात्रवृत्ति अक्षयकोषका संरक्षक फणिन्द्र प्रसाद पौडेललाई, यस बिध्यालयको कम्पाउण्ड वाल निर्माणमा उल्लेखनिय सहयोग प्रदान गर्नेहरु मध्येबाट सुरेन्द्र कुमार पौडेल र भिम घिमिरेलाई ,शिक्षकको तर्फबाट आधारभुत तहमा कार्यरत शैक्षिक सत्र २०७३ मा बार्षिक २२७ दिन उच्च उपस्थित हुने शिक्षक गणेश श्रेष्ठलाई सम्मान गरीएको छ । बिध्यालय पोशाकलाई व्यवस्थापनमा सहयोग पु¥याउन बिध्यालय पोशाकको कार्यक्रमलाई निरन्तरता दिदै यस बिध्यालयमा अध्ययनरत विपन्न , असहाय वर्गका बालबालिबाबा लागी बिध्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष होमनाथ निरौलाले १५ जना विध्यार्थीलाई १५ सेट बिध्यालय पोशाक, भुपाल भट्टराईले २ जना बिध्यार्थीलाई २ सेट विध्यालय पोशाक र शिक्षक कर्मचारी कल्याण कोष महेन्द्र मा.विको तर्फबाट ४ सेट बिध्यालय पोशाक प्रदान गरीएको फिरोज घिमिरेले बताएका छन् । स्व. डम्बर कुमार एवम् शुधमाया श्रेष्ठ स्मृति छात्रवृत्ति २ जनालाई जनही ६ हजारका दरले, बिध्यार्थी कल्याण कोष छात्रवृत्ति अक्षयकोषबाट ५ जनालाई १६ सयका दरले र स्व. तेजकुमारी पोखे्रल स्मृति छात्रवृत्ति ४ सयका दरले ६ जनालाई प्रदान गरीएको छ । बाल बिकास सहित कक्षा १० सम्म अध्ययनरत बिध्यार्थी ९ सय ९६ जना रहेका छन् । जसमा दलित १२दशमलब ५ प्रतिशत, सिमान्तकृत जातिका १२दशमलब ५ प्रतिशत र अन्य ८२दशमलब २३ प्रतिशत रहेका छन् ।