तरहरा/ सुनसरीको इटहरी स्थित रोयल रिर्सोटमा बलात्कृत भएकी १४ वर्षीया बालिकाका अभिभावक र बलत्कारीलाई प्रहरीले ‘मिलापत्र’ गराएको घटना करिब एक महिनापछि बाहिरीए सँगै घट्नाले उग्र रुप लिएको छ । मिलापत्र गराउँने प्रहरी र समाजका अगुवाहरु पनि उक्त घट्ना बाहिर आए पछि खैलाबैला मच्चिएको छ ।

बलात्कारका अभियुक्त धरानका जोकम लिम्बु र विराटनगरका मनीष श्रेष्ठलाई छुटाउँ लाखै रुपैयाँ चलखेल गरी दोषीलाई उन्मुक्ती दिएको भन्दै उक्त घट्नाले उग्र रुप लिएको हो । सुनसरीका प्रहरी प्रमुख एसपी विद्यानन्द माझी र इटहरीका इन्स्पेक्टर चिरन्जीवि दाहाल सहितको संलग्नतामा आर्थिक चलखेल गरी घट्नालाई मिलाएको भन्दै घट्ना भएको करीव एक महिना पछि प्रहरीले छानविन सुरु गरेको प्रहरी स्रोत्रले वताएको छ । विचौलियाहरु मार्फत आर्थिक लेनदेन भएको थाहा पाए पछि पुःन अनुसन्धान सुरु भएको स्रोत्रको दावी छ ।

घटनामा संलग्न आरोपित जोकम लिम्बुलाई पक्राउ गरेको भए पनि श्रेष्ठ फरार छन । घट्नालाई अनुसन्धान गर्ने कोशी अञ्चलएसएसपी हरिबहादुर पाल सहित सात सदस्य छानविनको जिम्मा दिए सँगै छानविन गदै छ । एसएसपी पालले शुत्रवार वेलुका छानविन गर भनेर सात दिनको म्याद सहित पत्र आयो । पाँच सदस्य समितिले छानविन गदै छौ एसएसपी पालले भने । पुष १६ गते भएको घट्नाका दोषीलाई कार्वार्ही गर्ने समिति बनेको भन्दै प्रहरी अधिकारीअरु सँग पनि छानविन भईरहेको वताए । म पनि विदामा थिए,इटहरीका डिएसपी पनि विदामा थिए उनले भने ।

एसएसपी कार्यलयका लागी निमित्त प्रमुख सुनसरीका एसपी विद्यानन्द माझी थिए । उनीहरुको भुमिका के थियो कहाँ कम्जोरी भयो हामी वुझ्छौ । इलाका प्रहरी कार्यलय इटहरीका इन्स्पेक्टर चिरञ्जीवि दाहाललाई भने छानविनको लागी कोशी अञ्चल लगिएको छ । यता सुनसरीका निमिक्त प्रहरी प्रमुख डिएसपी नारायण चिमरियाले भने आफुलाई घट्नाको वारेमा थाहा नभएको बताए । एसपी सायव विदामा गएको छ भोली आउँनु हुन्छ डिएसपी चिमरियाले भने ।

यसैबिच महिला संजाल इटहरीको अध्यक्ष विमला ढकालले घटनाको विषयमा छानविन गरी दोषी उपर कारवाहि गर्न माग गरेर ज्ञापन पत्र दिएको बताईन । संजालले ईलाका प्रहरी कार्यालय पुगेर ज्ञापनपत्र बुझाउँदै दोषी उपर कडा कार्वार्हीको माग शनिवार नै गरीसकेको छ । पुस १६ गते अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन जोकम सँग घुम्न गएको थिईन । तर जोकम र मनिषलाई मिलेर उनीहरुलाई जबर्जस्ती वाइन खुवाई रिसोर्टको कोठा नम्बर ११२ मा लगी बलात्कार गरेको वयान प्रहरीले लिएको छ । घट्ना मिलाउँन लगभग ३५ लाख खर्च गरेको हल्ला अहिले इटहरीमा ब्यापक भएको छ ।