विजयपुर/ धरानमा सुरु हुन लागेको मेयरकप स्कुल ओलम्पिकको तयारी अन्तिम चरणमा पुगेको छ ।

[caption id="attachment_72023" align="aligncenter" width="1000"] तस्वीर : उपेन्द्र चाम्लिङ[/caption]

आयोजक नगर खेलकुद विकास समितीले आईतबार पत्रकार सम्मेलन गरि ओलम्पिकको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । धरानभरिका २ हजार ३ सय ६६ खेलाडि सहभागि हुने ओलम्पिकमा १० ओटा खेल हुने भएका छन् । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार स्कुल ओलम्पिकमा धरानका निजी तथा सामुदायीक बिद्यालयका कक्षा १० सम्मका बिद्यार्थीहरु सहभागि हुने छ । कार्यक्रममा बोल्दै धरान उप महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद तिम्सीनाले स्कुल ओलम्पिक धरानको गौरबको प्रतियोगिता भएको बताए ।

नेपालका अन्य स्थानिय सरकार भन्दा धरान सरकारले खेलकुदलाई बिषेश प्राथमिकता दिएको पनि उनले बताए । स्कुल ओलम्पिक नेपालमै पहिलो पटक स्थानिय तहले आयोजना गरेको हो प्रमुख प्रशासकिय अधिकृत तिम्सीनाले बताए ।नगर खेलकुद बिकास समितीका अध्यक्ष सुवास राईले प्रतियोगितामा एथलेष्टिक,बास्केटबल,भलिबल,तोक्वाण्डो,कराते,ब्याडमिण्डन,टेवलटेनिस,फुटवल,क्रिकेट र बुद्धिचाल प्रतियोगिता हुने जानकारी दिए ।

सम्पुर्ण खेलमा छात्र तथा छात्राको पनि सहभागिता हुने उनले बताए ।पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार बुद्धिचाल प्रतियोगितामा ३६ बिद्यालयका ३६ खेलाडि,बास्केटबलमा २२ बिद्यालयका ३ सय ३० खेलाडि,भलिबलमा २५ बिद्यालयका ३ सय ३८,तोक्वाण्डोमा १७ बिद्यालयका ७८ बिद्यार्थी,ब्याडमिण्टनमा ३३ बिद्यालयका १सय ७१ बिद्यार्थी,टेवलटेनिसमा ३० बिद्यालयका ९३ बिद्यार्थी फुटवल (छात्र)मा ४५ बिद्यालयका ८ सय १० बिद्यार्थी,क्रिकेट ११ बिद्यालयका १ सय ५४ बिद्यार्थी,र एथलेटिक्सका सात वटा खेलमा ४४ वटा बिद्यालयका ३ सय ३५ बिद्यार्थी सहभागि हुनेछन् ।

प्रतियोगिताका बिजेताले मेडल सहित पुरस्कार प्राप्त गर्ने नगर खेलकुद विकास समितीका अध्यक्ष सुवास राईले जानकारी दिए ।

यो पहिलो प्रतियोगिता भएकाले यसमा आएका सुझाबलाइ आगामी कार्यक्रममा सुधार गर्नेपनि उनले बताए ।