धरान/ धरान उप–महानगरपालिका भित्र नयाँ भवन बन्ने भएको छ । नयाँ बन्ने भवनको सोमबार धरान उप–महानगरपालिकाका नगर प्रमुख तारा सुब्बा र उप प्रमुख मञ्जु भण्डारी (सुबेदी) ले सयुक्तरुपमा शिल्यानास गरेका छन् । भवन उद्घाटन पछि मेयर सुब्बाले भवन निर्माणको कार्यालाई ब्यबस्थित रुपले अगाडि बढाउन समेत आग्रह गरे ।

चालु आर्थिक बर्षमा १० कोठाको नयाँ भवन बनाउन योजना स्विकृत भएको थियो ।भवन बनाउने ठेक्काश्री भुमि ओम पन्चकन्या जेभिले पाएको छ । गत माघ १२ गते बसेको नगर कार्यपालिकाको बैठकले ठेक्का स्वीकृत गरेपछि भवन निर्माण कार्य सुरु भएको हो ।

१० कोठाको आधुनिक भवन निर्माण गर्न १ करोड ५५ लाख ५३ हजार १ सय ८७ रुपैयाको ठेक्का स्वीकृती भएको धरान उप महानगरपालिकाका बरिष्ट इन्जिनियर सुरज श्रेष्ठले बताए ।

२०७२ साल बैशाख १२ गते गएको भुकम्पनले धरान उप महानगरपालिकाका भवनहरु भत्काएपछि उप महानगरमा कार्यालय सन्चालनकालागि भवनको अभाब भई रहेको समेत इन्जिनियर श्रेष्ठले बताए ।

यो भवन बनेपछि उप महानगरपालिकालाई कार्यालय सन्चालनकालागि सहज हुने धरान उप महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद तिम्सीनाले बताए । अहिले जिल्लामा रहेका कतिपय कार्यालयहरु स्थानिय तहमा आएको तर कार्यालयहरु ब्यबस्थित गर्न कठिनाई भएको तिम्सीनाले बताए ।