पानवारी । प्रेस चौतारीको २० औं स्थापना दिवसको अवसर पारेर सुनसरीमा विभिन्न स्कुल तथा कलेजका विद्यार्थीलाई सञ्चार सम्बन्धि प्रशिक्षण दिइएको छ । प्रेस चौतारी सुनसरीको आयोजनामा धरान स्थित डिपो माविका कक्षा ११ र १२ मा अध्ययरत विद्यार्थीहरुलाई पत्रकारीता पेशा तथा सञ्चार माध्यम सम्बन्धि प्रशिक्षण दिइएको थियो । प्रशिक्षण ब्लाष्ट टाइम्स दैनिकका सम्पादक किशोरकुमार कार्की, प्रेश चौतारी नेपालका केन्द्रीय सदस्य तथा प्रेस चौतारी सुनसरीका सचिव विकास चाम्लिङ राईले प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा विद्यार्थीलाई सञ्चार सम्बन्धि आधारभूत ज्ञान, सञ्चारको महत्व तथा पत्रकारीता पेशाको बारेमा जानकारी गराइएको सचिव राईले बताए । त्यस्तै गरी इटहरीको सुष्मा गोदावरी कलेज र इटहरी नमुना कलेजमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई सञ्चार सिप सम्बन्धि अभिमुखिकरण प्रशिक्षण दिइएको थियो । प्रेस चौतारी सुनसरीका अध्यक्ष शेखर ढकाल र उपाध्यक्ष सुभद्रा प्याकुरेलले विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए । सधैका वर्षहरुमा प्रभातफेरी गरी स्थापना दिवस मनाइदै आएकोमा यसवर्ष विद्यार्थीहरुसग साक्षातकार गरेर स्थापना दिवस मनाइएको सचिव राईले बताए ।