तरहरा/ सुनसरी इटहरी स्थित रोयल रिर्सोटमा बलात्कृत भएकी १६ वर्षीया बालिका बलत्कारमा संलग्नलाई कडा कार्बार्ही गरिनु पर्ने महिला अधिकारकर्मी तथा राजनितिक पार्टीहरुले माग गरेका छन । घट्नामा संलग्नलाई कडा कार्वार्ही नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।
मगंलवार महिला हिंसा अन्त्य गरौ स्वच्छ समाज निमार्ण गरौ भन्दै सयुक्त महिला सञ्जाल इटहरी २० ले दोषीलाई कडा कार्वार्हीको माग गरेका छन । उनीहरुले घट्नामा संलग्नलाई बचाउँन खोजेको भन्दै कडा कार्वार्हीको माग राख्दै इटहरी २० को वडा कार्यलय, इलाका प्रहरी कार्यलयमा पुगेर ज्ञापन पत्र बुझाएको छन दोषी जो कोही भए पनि कार्वार्ही हुनु पर्ने उनीहरुकको माग छ ।
बलत्कारीलाई प्रहरीले ‘मिलापत्र’ गराएको घटना करिब एक महिनापछि वाहिरीए सँगै घट्नाले उग्र रुप लिन थालेको छ । बलात्कारका अभियुक्त धरानका जोकम लिम्बु र विराटनगरका मनीष श्रेष्ठलाई छुटाउँ लाखै रुपैयाँ चलखेल गरी दोषीलाई उन्मुक्ती दिएको भन्दै दोषीलाई कानुनी कार्बार्ही हुनु पर्ने सयुक्त महिला सञ्जाल इटहरी २० तरहराले माग गरेको छ ।
त्यस्तै मगंलवार नै सयुक्त विज्ञप्ती जारी गदै नेकपा एमाले इटहरीका इन्चार्ज रामप्रसाद चौलागाई र नेकपा माओवादी केन्द्र इटहरीका अध्यष भीमप्रसाद सुवेदी सागरद्धारा हस्ताक्षरीत विज्ञप्तीमा यस्तो जघन्य अपराधमा संलग्न जोगाउँन खोजिएको प्रति गम्भिर आपत्ति रहेको भन्दै मुद्धालाई पैसा र पहुचमा अन्यत्र मोड्न खोजे कडा आन्दोलनमा उत्रने चेतवनी समेत दिएको छ ।
सुनसरीका प्रहरी प्रमुख एसपी विद्यानन्द माझी र इटहरीका इन्स्पेक्टर चिरन्जीवि दाहाल सहितको संलग्नतामा आर्थिक चलखेल गरी घट्नालाई मिलाएको भन्दै घट्ना भएको करीव एक महिना पछि प्रहरीले छानविन सुरु गरेको छ । घटनामा संलग्न आरोपित जोकम लिम्बुलाई पक्राउ गरेको भए पनि श्रेष्ठ फरार छन । घट्नालाई अनुसन्धान गर्ने कोशी अञ्चलएसएसपी हरिबहादुर पाल सहित सात सदस्य छानविनको जिम्मा दिए सँगै छानविन गदै छ । साथमा तस्विर छ ।