१ नम्बर प्रदेशमा २ पदमा मात्र निर्वाचन हुने भएको छ । खुल्लातर्फको ३ र महिला कोटामा ३ जना गरी प्रदेश नम्बर १ बाट ६ जना निर्बिरोध निर्वाचित भइसकेका छन् । अब २ पदको मात्र निर्वाचन हुने क्षेत्रिय निर्वाचन कार्यालय विराटनगर प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिए । अब दलित र अपांगता भएका वा अल्पसंख्यक कोटाको लागि बहुमतीय प्रक्रियाबाट निर्वाचन हुने निर्वाचन कार्यालयले बताएको छ ।
१ नम्बर प्रदेशको निर्वान स्थल विराटनगरमा रहेको वीरेन्द्र सभा गृह हलमा बनाइएको छ । निर्वाचन कार्यालयले मंगलबार साझसम्म लगाएर मतदान गर्ने स्थल निमार्ण गरिसेको छ । कार्यालयले प्रदेश सांसदको लागि सभागृहको उत्तरपटी र स्थानिय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुखको लगि दक्षिणपटि मतदान स्थल बनाएको छ । प्रदेश सांसदले एक ठाउँबाट मतदान गर्दछन भने अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुखले एक ठाउँबाट मतदान गर्ने स्थल सभा गृहहलमा तयार गरेको छ । २ वटा मतदान स्थलमा ८ वटा मतपेटीका रहने मतदान अधिकृत पुण्य प्रसाद पाठकले जानकारी दिए । निर्वाचन कार्यालयले छुटा छुटै दुई वटा मतदान स्थल तयार गरेको हो ।
१० देखि ३ बजेसम्म मतदान गर्ने समय तोकिएको छ । मतदान गर्न आउने मतदाताले आफ्नो परिचय खोल्ने सरकारी कार्यालयले वितरण गरेको प्रमाणपत्र अनिवार्य बोक्नुपर्ने व्यवस्था निर्वाचन कार्यालयले गरेकोे छ ।
प्रदेशसभाका ९३ जना सांसद र स्थानीय तहका २ सय ७४ प्रतिनिधिले मतदान गर्नेछन् ।
प्रदेशसभाका सदस्यको मतभार ४८ र स्थानीय तहबाट प्रतिनिधित्व गर्ने मतदाताको मतभार १८ तोकिएको छ ।
क्षेत्रिय निर्वाचन कार्यालयका प्रमुख सञ्जेलले धैर्यसाथ मतदान गर्न आग्रह गरेका छन् । ‘एक जनाले खसालेको मत बदर हुनु १८ वा ४८ मूल्यको मत बदर हुनु हो,’ उनले भने, ‘मतदान गर्ने बेला आफ्नो मत बदर नहोस् भन्नेतर्फ मतदाताहरू संवेदनशील हुनुपर्छ ।’ उनले निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको बताए । आयोगले गणनाका लागि दक्ष जनशक्तिसमेत काठमाण्डौबाट मतदान केन्द्रहरूमा आइसकेको जानकारी दिए । उनका अनुसार मत बदर नहोस भनेर क्षेत्रिय निर्वाचन कार्यालयले मतदाताहरुलाई दुई दिने मतदाता शिक्षा बारे प्रशिक्षण समेत दिएको छ । कार्यालयले प्रदेश सांसद र स्थानिय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख उपप्रमुखलाई मतदान गर्ने तरीका बारेमा जानकारी गराइएको थियो ।
राष्ट्रियसभामा प्रदेशबाट निर्वाचित हुने ८ जनामध्ये ६ जना निर्बिरोध निर्वाचित भएका थिए । जसमा खुल्ला सदस्यमा एमालेका पर्शुराम मेघी गुरुङ (संखुवासभा) र हरिचरण सिवाकोटी (झापा) तथा नेपाली काँग्रेसका रमेशजंग रायमाझी (मोरङ) निर्बिरोध निर्वाचित भएका हुन् । तस्तै महिला कोटाको ३ जनामा भने ३ जनाकै मात्र उम्मेदवारी दर्ता भएकोले उनीहरु पनि निर्बिरोध निर्वाचित भइसकेका छन् । महिला कोटामा एमालेकी नैनकला ओझा (मोरङ), माओवादी केन्द्रकी विना पोखरेल (मोरङ) र काँग्रेसकी सरिता प्रसाई (झापा) निर्बिरोध भएको निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचित भएका राष्ट्रिय सभाका सदस्यहरुलाई निर्वाचन कार्यालयले बुधबार नै प्रमाणपत्र वितरण गर्ने कार्यक्रम राखेको छ ।
मत गणना गर्न गणक आए
राष्ट्रिय सभाको मत गणना गर्न निर्वाचन आयो मतदान सकिएसँगै मतगणनाका लागि निर्वाचन आयोगबाट आयोगका तथ्यांक अधिकृत उर्मिला शाहीको नेतृत्वमा तीन सदस्यीय टोली विराटनगर आइपुगेको छ । अन्यमा तथ्यांक अधिकृत प्रेमकुमार घिमिरे र तथ्यांक सहायक अम्बिका रेग्मी रहेका प्रमुख सञ्जेलले जानकारी दिए ।
ढिलोमा दुई घण्टामा मत परिणमा आउने
क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरले दिएको जानकारी अनुसार ढिलोमा दुई घण्टामा मत परिणाम सार्वजान हुने बताएको छ । ३ बजे मतदान गर्ने समय सकेपछि ४ बजेदेखि मत गणना गर्ने बताइएको छ । स्थानिय वीरेन्द्र सभा गहृ हल भित्र मत गणना गर्ने स्थान तोकिएको छ । ढिलोमा ४ बजेदेखि मत गणना गरी साझ ६ बजेभित्रमा मत परिणाम सार्वजानि गर्ने निर्वाचन कार्यालयले जनाएको छ । क्षेत्रिय निर्वाचन कार्यालय प्रमुख सञ्जेलले भने, ‘तामिल प्राप्त गणकहरु आएका छन् । मतदान गर्ने समय सकिएर गणना भएको १ घण्टामा मत गणना भइसक्छ,’ उनले भने, ‘सबै तयारी गर्दा ६ बजे सम्पूर्ण मत परिणाम घोषणा गर्दछौं ।’
कसको कति मत ?
प्रदेश नं. १ मा नेकपा एमालेसँग जम्मा मतको बहुमत अर्थात ५५.५६ मत रहेको छ भने माओवादी केन्द्रको ११.२३ मतसहित बाम गठबन्धनको ६६.७९ मत रहेको छ । यस्तै नेपाली काँग्रेसको २९.११ प्रतिशत मत रहेको छ ।
प्रदेशमा एमालेबाट स्थानीय तहका १५४ र प्रदेशसभाका ५१ मतदाता छन् । एमालेको स्थानीय तहका मतदाताको २७७२ र प्रदेश सांसदको २४४८ गरी ५ हजार २ सय २० मत रहेको छ । यस्तै माओवादी केन्द्रको स्थानीय तहका १६ मतदाताको २ सय ८८ र प्रदेश सांसद १६ जनाको ७८८ मत रहको छ ।
प्रदेशसभामा काँग्रेसको स्थानीय तहका ९६ जनाको १ हजार ७ सय २८ र प्रदेशसभाका २१ जनाको १ हजार ८ गरी २ हजार ७ सय २६ मत रहेको छ । प्रदेशमा संघीय समाजवादी फोरमको २१६, राप्रपाको १२० र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको ४८ मत रहेको छ ।
दलहरुको मत हेर्दा प्रदेशमा काँग्रेसबाट राष्ट्रियसभामा खुल्लातर्फ एक जना र महिलातर्फ एक जनाले चुनाब जित्नेछन् भने बाँकी चार र बहुमतीयका दुईसहित छ सिट बाम गठबन्धनले जित्ने देखिएको छ ।
– ढिलोमा दुई घण्टामा परिणाम आउने
– मत गणना गर्न काठमाण्डौबाट आए गणक
– एउटा मत बदर हुँदा ४८÷ १८ हुने