पथरी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन(प्याब्सन) मोरङ जिल्लाको १४ औँ साधारण सभा रंगेलीमा हुने भएको छ । प्याब्सन मोरङले बुधवार रंगेलीमा पत्रकार सम्मेलनको आयोजना गरीे सो कुराको जानकारी गराएको हो । माघ २६ गते रंगेली नगरपालीकाको सभाहलमा आयोजना हुने साधारण सभालाई भव्यताका साथ सम्पन्न गर्नका लागी तिब्र रुपमा तयारी भइहरेको जनाएको थियो । जिल्ला सदरमुकाम विराटनगरमा केन्द्रित हुदै आएको सदरमुकाममै केन्द्रित हुने परिपाटीको अन्त्य गर्न १४ औ जिल्ला साधारण सभा रंगेलीमा गर्न लागीएको प्यापसनका अध्यक्ष सुनिल पौडेलले बताए । पत्रकार सम्मेलमा भने साधारण सभामा जिल्लाका १ सय ५० विद्यालयका करिव २ सय जना शिक्षा क्षेत्रका प्रतिनिधि सहभागीता रहने बताए । १४ औ जिल्ला साधारणसभाले स्थानिय निकायसंग समाहित भएसंगै शिक्षा क्षेत्रमा देखिएको अन्यौलता लाई समेट्ने विश्वास राख्दै सचिव र कोषाध्यक्ष बाट विषेश प्रतिवेदन सार्वजनिकरण गरिने बताए । साधारण सभामा प्याब्सनका अध्यक्ष विजय साम्हाम्बे, प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य ,मोरङ्गका प्रहरी उपरिक्षक, प्रदेश सभा सदस्यहरु तथा विराटनगर महानगरपालिका, रंगेली नगरपालिका, सुनवर्षि नगरपालिका, रतुवामाई नगरपालिका, र धनपालथान गाँऊपालिका प्रमुख लगायतको विषेश सहभागीता रहने आयोजकले बताए ।