विराटनगर/ विराटनगरमा रहेको ग्रेडेड सेकेण्डरी बोर्डिङ स्कूलमामा ‘तीन दिने ग्रेडेड स्पोर्टस मिट’ सुरु भएको छ । स्कूलले आज बिहीबार एक कार्यक्रम आयोजना गरी स्पोर्ट्स मिट सुरु गरेको हो ।

तीनदिनसम्म सञ्चालन हुने स्पोर्ट्स मिटमा एक दर्जनबढी विभिन्न खेलहरु रहेको स्कूलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिनुभयो । उक्त स्पोर्ट्स मिटमा १ सय मिटर दौड, ज्याबलिङ थ्रो, म्यूजिकल चियर, सटपुट, लङजम्प, रिले रेस, कबडी, भलिबल, टेवलटेनिस लगायतको खेलहरु समावेश गरिएको स्कूलका प्रिन्सिपल सुवालले बताउनुभयो । विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्कूलले प्रत्येक वर्ष यस्तो कार्यक्रम गर्दै आएको प्रिन्सिपल सुवालको भनाई छ । उहाँले भन्नुभयो, ‘यस्तो कार्यक्रमले पढाईसँगै विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटन हुने गर्दछ ।’

स्पाटे्स मिटमा कक्षा नर्सरीदेखि १० कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरुले भाग लिएको स्कूलले जनाएको छ । स्कूललमा अध्ययरत विद्यार्थीहरुले विभिन्न कलाहरु समेत प्रदर्शन गरेका थिए ।

स्पोर्ट् मिटको पहिलो दिन टेबलटेनि र भलिबल खेलहरु सम्पन्न भयो । भलिबलमा रेड हाउस प्रथम भएको छ । उक्त हाउसमा निरन्जन अधिकारी, विनय मण्डल, नासिर हुसेन, सक्षम खड्का, आयूष मण्डल र राहुल मण्डलको टिम रहेको थियो । त्यस्तै टेबलटेनिसको सिनयरतर्फ बिबेक कुमार साह प्रथम भए भने द्धितीय र तृतिय क्रमशः मनिष मण्डल, धननजय राम भए । जुनियरतर्फ सविन हेम्ब्रन प्रथम, बिकल्प खतिवडा द्धितीय र सिभम सोहनी तृतीय घोषित भए ।

विजयी हुने विद्यार्थीहरुलाई स्कूलले मेटल तथा प्रमाणपत्र वितरण गर्नेछ ।