काठमाडौं/ त्रिशूलीमा गाडी खसेर बेपत्ता सिँचाइ सचिव रामानन्द यादव मृत भेटिएका छन् । बेपत्ता अन्य २ जना अझै हराइरहेका छन् ।
शनिबार बिहान ३ बजेतिर सचिव यादव सवार बा २ झ ३१४० नम्बरको गाडी पृथ्वी राजमार्गअन्तर्गत धादिङको सलाङमा त्रिशूली नदीमा खसेर बेपत्ता भएको थियो ।
दुर्घटनामा सचिव यादवसहित उनका छोरा सन्तोष र साथीको छोरी वेपत्ता भएका छन् । दुर्घटनामा परी बेपत्ता सचिव यादवका छोरा सन्तोष र उनको साथीको छोरीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा खटिएका नेपाल प्रहरीका सई पूर्णबहादुर लामाले सचिव यादवको शव भेटिएको पुष्टि गरेका हुन् ।
Shikharnews