काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमका उपकप्तान तथा थ्रि स्टार क्लबका कप्तान बिक्रम लामाको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सफल शल्यक्रिया गरिएको छ । राति १ बजे उनको शल्यक्रिया भएको हो।
दाहिने खुट्टामा चोट लागेका लामाको बरिष्ठ अर्पेथोडिक सर्जन तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेको टिमले शल्यक्रिया गरेको हो ।
लामाको आइतबार देखिनै फिजियोथेरापी शुरु गरिने र उनी ६ देखि ८ महिनामा खेल मैदानमा फर्कने डा. चक्रराज पाण्डेले बताए।
शनिबार बुढासुब्बा गोल्डकपको फाइनल खेलका क्रममा नेपाल पुलिस विरुद्धको खेलमा घाइते भएपछि लामालाई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ल्याइएको थियो ।
स्वास्थ्यखबरपत्रिकाबाट