तरहरा/ नोपलमा भष्ट्रचार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाईदै छ । तर नेपालमा भष्ट्रचार दिनानु दिन बढिरहेको छ । भष्ट्रचार रोक्न स्थापीत संस्थाले पनि सोचे जस्तो काम गर्ने नसकेको सर्वसाधरणहरुको आरोप छ । साना तिना कर्मचारीहरुलाई भष्ट्रचारको अभियोगमा रंगेहात पक्राउ गरेर धेरै हल्ला गर्ने अख्तियारले ठुला भष्ट्रचारीहरु सम्म अख्तियार पुग्न नसकेको जनमानसको आरोप छ ।
इटहरीकी गोमा वरालले नेपालमा भष्ट्रचार अत्याधिक बढिरहेका वताउँदै अख्तियारले ठुला भष्ट्रचारीलाई पक्राउ गर्ने नसकेको वताईन । अख्तियारले गदै आएको काम सन्तोषजनक नै भए पनि अख्तियारले विकाशे अड्डामा अझै सक्रियता देखाउँनु पर्छ उनले भनिन् । नेपालमा आचाक्ली बढिरहेको भष्ट्रचार रोक्न ठुला भष्ट्रचारीहरुलाई कार्वार्हीको दायरामा ल्याउँनु पमाथिल्लो निकायको ठुलो भष्ट्रचारीलाई कार्वार्हीको दायरामा ल्याउँन सक्नु पर्छ उनले थपिन ।
अख्तियारले आफ्नो कार्य झिनामसिनामा अल्झिएर तल्लो स्तरका कर्मचारी र ब्यक्तिहरुलाइ दुख मात्र दिई, वास्तविक भ्रष्ट्रचारी सम्म पुगी उनीहरुलाई कार्वार्हीको दायरामा ल्याउँनु पर्ने धरान सिटि कलेजमा पढ्दै आएकी उर्मिला राई वताउँछिन । जब सम्म भष्ट्रहरुको नाइकेहरुलाइ कार्वाही गर्न सक्दैन तब सम्म केही हुनेवाला छैन उनी भन्छिन । अहिले सम्म अख्तियारले गरीरहेको काम भन्दा धेरै हल्ला हैन ठुला भष्ट्रचारीलाई कार्वार्ही गदै भष्ट्रचारीलाई रोक्न पहल गर्नु पर्ने उनको सुझाब छ ।
इटहरी २० का निजि स्कुलका शिक्षक अनिल अधिकारीले नेपालमा भष्ट्रचार क्यान्सर रोग जस्तै भएको भन्दै भष्ट्रचारीलाई जेल नहाले सम्म नरोकिने वताए । भष्ट्रचार रोक्न जनता आफै सचेत हुनको विकल्प नभएको भन्दै अख्तियारको हल्लाले केहि आशा जागे पनि वास्तवीक भष्ट्रचारी सम्म अख्तियार पुग्न नसकेको पक्का हो उनले भने । अख्तियारको काम सन्तोषजनक नै भए पनि अझै शशस्त्त रुपमा विकाशे अड्डाहरुलाई निगरानी बढाए केहि हद सम्म भष्ट्रचार रोकिने उनको तर्क छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यलयका इटहरीका प्रमुख प्रदिप कोईरालाले भष्ट्रचारको उजुरी दिनानु दिन बढिरहेको भन्दै भष्ट्रचारीलाई कार्वार्हीको वताए । अनुसन्धानको दायरामा ल्याएर अख्तियारले प्रमाण जुटाउँने काममा सक्रिय भईरहेको उनको भनाई छ । आईतवार इटहरी १६ रामजानकी मन्दिरमा रहेको बृद्धआश्रममा लत्ताकपडा तथा खानेकुरा दिदै अख्तियार सामाजिक काममा पनि लागेको वताए । अन्य सामाजिक संस्थाले पनि वार्षिक उत्सवमा सामाजिक काम गर्नु पर्ने उनको भनाई छ । अख्तियारले वार्षिक उत्सवको अवसरमा टेग्रा खोला सफाई तथा इटहरी स्थित वालआश्रमलाई कुर्सी वितरण गदै वार्षिक उत्सव मनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यलयमा परेका अधिकांस उजुरीहरु बेकामे पर्ने गरेको छ । पछिल्लो एक वर्षमा परेको उजुरीको संख्याको आधारलाई हेर्दा लगभग ५० प्रतिशत उजुरी कामै नलाग्ने गरेको छ । चरित्रहत्या र वदनाम गर्ने हिसावले पनि अख्तियारमा उजुरी पर्ने गरेको अख्तियारले जनाएको छ । भष्ट्रचार विरुद्ध काम गर्ने संस्था ट्रान्सपरेन्सी इन्टरनेशलको प्रतिवेदनमा नेपाल १ सय ७४ मुलुक मध्ये १ सय २६औं स्थानमा रहेको छ । डेनमार्क सबैभन्दा कम भष्ट्रचार हुने मुलुक हो भने अफ्रिकी देश सोमालियामा सबैभन्दा बढी भष्ट्रचार हुन्छ । दोस्रो बढी भष्ट्रचार हुने मुलुकमा उत्तर कोरिया रहेको छ ।
नेपाल अधिराज्यको संविधान, २०४७ ले साविकको अख्तियार दुरुपयोग निवारण आयोगलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रुपान्तरण गरे पश्चात् आयोगलाई अनुसन्धान तहकिकात र अभियोजन गर्ने अभिभारा मात्र दिईयो । उक्त संविधानको भाग १२ मा आयोग व्यवस्था तथा काम, कर्तव्य र अधिकार उल्लेख भई धारा ९७ अनुसार सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिले अनुचित कार्य अथवा भ्रष्टाचार गरी अख्तियारको दुरूपयोग गरेको सम्बन्धमा कानून बमोजिम अनुसन्धान र तहकिकात गर्न जिम्मेवारी दिईएको थियो । सोही वमोजिम आयोगले अनुसन्धान तहकिकात गरी विशेष अदालतमा मुद्दा दायर गर्ने व्यवस्था रहेको थियो ।