विराटनगर/ विराटनगरमा बसेको एमाले प्रदेश १ को संसदीय दलको पहिलो बैठक नै विभादमा आएको छ ।
[caption id="attachment_72817" align="alignleft" width="453"] बैठक संचालनको तरिका, छलफल नभई संसदीय दलको नेताले बैठक सुरु गरेर एकैपटक सकेको भन्दै प्रदेशसभा सांसद उषाकला राईले विरोध जनाउँदै ।[/caption]सभामुख सर्वसम्मतले छनौट गर्ने एजेण्डा राखेर विराटनगरमा आइतबार बसेको संसदीय दलको बैठक विवाद भएको हो । बैठक संचालनको तरिका, छलफल नभई संसदीय दलको नेताले बैठक सुरु गरेर एकैपटक सकेको भन्दै प्रदेशसभा सांसदहरुले विरोध गरे ।
खोटाङकी प्रदेशसभा सांसद उषाकला राईले दलको नेता छान्ने कुरा पनि प्रस्ताव गरेपछि सदस्यहरूलाई बोल्न नदिएको र एकलौटी ढंगले लाद्ने प्रयास भएको उनले बताए ।
‘संसदीय दलको नेताले प्रस्ताव प्रस्तुत गर्नुभयो, उनले नै एकै पटकमा अन्त्य पनि गर्दिनु भयो,’ राईले भनिन्े, ‘दलका सदस्यहरुलाई छलफल गर्नै दिइएन, माननीय सदस्यहरुसँग छलफल गर्न नदिएर निरंकुशता लाद्ने कोशिस गरियो ।’
पटक पटक यसखालको गतिविधि भए विद्रोह हुने राईले चेतवनी दिइन् । ‘आगामि दिनमा पनि यस्तै खालको बैठक संचालन हुने हो छलफल गर्न नचाहने हो भने विद्रोह हुनेछे,’ उनले भनिन्, ‘आगामि दिनमा यसखालको गतिविधि गर्नु हुँदैन ।’
प्रदेशसभाकी अर्की सांसद सुनिता चौधरीले एमाले लोकतान्त्रिक पार्टी भएको भएपनि संसदीय दलको बैठकमा निरंकुशता लाद्ने प्रयास भएको आशंका उब्जिएको बताइन् । ‘हाम्रो पार्टी लोकतान्त्रिक हो, तर आजको गतिविधिले कतै निरंकुशता तिर पो गएको हो कि जस्तो भएको छ,’ उनले भनिन्, ‘हामीलाई बोल्न नदिएर कुण्ठित गर्ने प्रयास गरेको भान भएको छ ।’
एमालेको संसदीय दलको पहिलो बैठक एक घण्टा बसेर सम्पन्न भएको थियो । बैठकबाट प्रदीपकुमार भण्डारीलाई सभामुखमा सिफारिस गर्ने निर्णय गर्दा संसदीय दलका नेताले प्रस्ताव गरेलगत्तै निर्णय सुनाइएको थियो ।
[video width="640" height="368" mp4="http://blastkhabar.com/wp-content/uploads/2018/02/video-1518351134.mp4"][/video]