सुनसरी / राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको पहिलो प्रादेशिक शाखा सुनसरीको कोशी गाउँ पालिकामा स्थापना हुने भएको छ । एक अर्वको लगानी रहने राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको पहिलो प्रादेशिक शाखा सुनसरीमा स्थापना गर्न लागिएको हो । सुनसरीको कोशी गाउँपालिका स्थित खुनियाधारमा बनाउन लागिएको अनुसन्धान केन्द्रले तत्काल गाउँपालिकाले उपलब्ध गराएको भाडाको भवनबाट कार्य थाल्ने छ ।

गाउपालिकाले उपलव्ध गराएको भवनबाट तत्काल काम थाल्ने गरी अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लौकहीमा उदघाटन गरेका छन । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको सुनसरीमा बन्न लागेको प्रादेशिक शाखाकालागि नेपाल सरकारबाट ५ करोड रकम निकाशा भैसकेको अर्थमंत्री कार्कीले बताए । चिन सरकारको सहयोगमा बन्ने अत्याधुनिक सुविधा सम्पन्न आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र प्रदेश नम्बर १ कै नमूना बन्ने मंन्त्री कार्कीले जानकारी दिए ।

अनुसन्धान तथा तामिल केन्द्र स्थापनाका लागि गाउँपालिकाले १० बिगाह जग्गा अनुसन्धान केन्द्रलाई उपलब्ध गराइसकिएको गाउँपालिका अध्यक्ष अयुब अन्सारीले जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय आर्युवेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा.सिद्धार्थ ठाकुरले शाखा स्थापनाले चिकित्सकिय सेवा सहित पूर्वमा रहेका जडिबुटीको अध्ययन र अनुसन्धानका लागि कोशेढुङ्गा साबित हुने बिश्वास व्यक्त गरे । स्थानीयले उत्पादन गरेको आयुर्वेद आयस्रोत्रको माध्याम बन्न सक्ने उनको भनाई थियो । चुनाव अगाडी दिएको बचन उनले पुरा गरे सँगै स्थानीयवासी हर्षित भएका छन् ।

त्यस्तै अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकमा तीनै तहका निर्वाचन सम्पन्न भई सकेकाले अब समृद्धिको अभियान थाल्नु पर्ने बताएका छन् । सुनसरीको इटहरीमा करदाता सेवा कार्यालयको उद्घाटन गर्दै अर्थ मन्त्री कार्कीले अब मुलुकलाई समृद्धिको अभियानमा अघि बढाएर नेपाली जनतालाई धनी बनाउने कार्यमा लाग्नु पर्ने बताएका हुन् ।

ऋर्थमन्त्री कार्कीले धेरै सम्भावना बोकेको भएपनि समृद्ध बनाउन नसकेकाले अवका दिनमा जनतालाई उद्यमशिल बनाएर मुलुकलाई समृद्धि तर्फ अघि बढाउनु पर्नेमा जोड दिए ।

उनले प्रदेस नम्वर १ लाई औधोगिक हवका रुपमा विकास गर्न सकिने भन्दै त्यस तर्फ उद्योगी व्यवसायीहरुको समेत ध्यान जानु पर्ने तर्क गरे । अर्थ मन्त्रीले सरकारले सवैलाई जागिर दिन सक्दैन त्यसैले उद्यमशिल बनेर विकास निर्माणमा सरकारलाई सहयोग पुर्रयाउदै रोजगारी सिर्जना गर्ने सकिने भनाई समेत राखे ।

सुनसरीका १२ स्थानिय तह मध्ये धरान बाहेकको क्षेत्रमा कर सम्वन्धी सेवा दिदै आएको करदाता सेवा कार्यालयको १७ कोठे भवन निर्माणका लागि २ करोड ६६ लाख खर्च भएको सो अवसरमा जानकारी दिइयो ।