धरान/ धरानमा सोमबारबाट मेयरकप स्कुल ओलम्पिक सुरु भएको छ । ओलम्पिकको धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा बोल्दै उनले मेयरकप स्कुल ओलम्पिक सुरु भएको घोषणा गरेका हुन् ।

फागुन ७ गते सम्म हुने ओलम्पिकमा धरानका ५४ वटा बिद्यालयका तेइस सय बिद्यार्थी सहभागि भएका छन् । झण्डै ५ हजार बिद्यार्थीको सहभागिता रहेको उद्घाटन समारोहमा बिद्यार्थीहरुले मार्चपास गर्नुका साथै बिभिन्न खेल प्रस्तुती गरेका थिए ।

उद्घाटन समारोहमा सम्बोधन गर्दै समारोहका प्रमुख अतिथी तथा धरानका मेयर तारा सुब्बाले स्कुल ओलम्पिक बिद्यालय स्तरबाटै खेलाडिहरु उत्पादन गर्न हौसला मिल्ने उदेश्यले सुरु गरिएको बताए । उनले धरानलाई खेलकुदको शहरको रुपमा बिकास गर्ने आफ्नो प्रतिबद्धता पुरा गरेरै छाड्ने पनि बताएका छन् ।

अब प्रत्येक बिद्यालयमा नियमित खेलकुद प्रशिक्षण हुने भन्दै उनले त्यसका लागि स्थानिय सरकारको तर्फबाट धरान उप महानगरपालिकाले आबश्यक सहयोग गर्नेपनि प्रतिबद्धता जनाए । धरानलाई मिनिी ब्राजिलको रुपमा चिन्ने गरिएको भन्दै उनले अब धरानलाई फुटवलमा मात्र नभएर हरेक खेलमा अग्रस्थानमा राख्नु पर्ने बताए ।

कार्यक्रममा धरान उप महानगरपालिकाकी उप प्रमुख मञ्जु भण्डारी सुबेदीले स्वागत मन्तब्य राख्दै खेलकुदका भौतिक संम्रचना बनाउने कार्यमा उपमहानगरले काम गरि रहेको बताईन ।उद्घाटन सत्रमा बोल्दै धरान उप महानगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद तिम्सीनाले अब खेलकुदको बिकासका लागि भौतिक मात्र नभर क्षमता बिकासकालागि समेत उपमहानगरले काम गर्ने बताए । ओलम्पिकमाको उद्घाटन पुर्व खेल मैदानमा चार ओटा प्याराग्लाईडिङ अवरण गरिएको थियो ।बुढासुब्बा प्याराग्लाईडिङ नेपालका तर्फबाट ओलम्पिकको उद्घाटनमा प्याराग्लाईडिङ अवतरण गरिएको हो ।

बुढासुब्बा प्याराग्लाईडिङ नेपालका सञ्चालक लेखमणि जिमीका अनुसार उद्घाटन समारोहमा मनिन्द्र जीमीले डवल प्लाई गरेका थिए भने तारामनि राई,बिसाल क्षेत्री र राम राईले सोलो प्लाई गरेका थिए ।प्याराग्लाईडिङ धरान २० स्थित चिण्डेडाँडाबाट प्लाई गरेर धरान रङगशालामा अवरण गरिएको थियो ।

उद्घाटन समारोहमा स्थानिय झाँकी तथा पकली स्थित ससस्त्र प्रहरी बलले फुल ब्रास बैण्ड सहित मार्च पास गरिएको थियो । स्कुल ओलम्पिकको सुरुवात सँग स्कुल स्तरमा बिद्यार्थीहरुको खेलप्रति उत्साह जागेको सुनाखरी एकेडेमी धरानका प्रिन्सीपल मिलन राईले बताए ।

उनले ओलम्पिकले स्कुल स्तरबाटै राम्रा खेलाडि उत्पादन हुने बिश्वास ब्यक्त गरे । उद्घाटन समारोहमा बिभिन्न विद्यालयका बिद्यार्थीहरुले सास्कृतीक कार्यक्रमपनि प्रस्तुत गरेका थिए । सोही अवसरमा मेयरकप स्कुल ओलम्पिकको प्रचारकालागि निर्माण गरिएको ‘ओलम्पिक गीत’पनि सार्वजनिक गरीएको थियो ।

साहित्यकार गोपाल देवानले रचना गर्नु भएको ओलम्पिक गीतमा बिनय प्रधानले संगित गरेका छन् । गीतमा गायक डिल्ली फोम्बो,टिना राई,हिना मल्लले स्वर दिएका छन् । तस्विर: बिकास चाम्लिङ राई