उनीहरुको चाहना इटहरीमै यस्तो ठाउँ होस् जहाँ बसेर दिन भर मनका कुरा साटासाट गर्न सकौं । कसैले अवरोध नगरोस् अनि असुरक्षित पनि महसुस नहोस् ।
इटहरी/ भ्यालेन्टाइन डे को दिनका लागि आज भोली युवा युवतीको लागि पर्खाइको दिन हुन्छ । यो दिनका घुम्ने, एक अर्कासँग माया प्रेमका कुरा गर्ने जस्ता विभिन्न योजना बनीइनै रहेका हुन्छन् । कतिले आफन्तलाई भन्लान र कतिले नभन्लालान् । पछिल्लो सयम प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे को दिन एक अर्कामा घुम्ने सल्लाह सञ्चार तथा सामाजिक सञ्जालबाट प्रायः साटासाट नगर्ने युवा युवतीहरुको संख्या घट्दै गएको छ ।
इटहरीका युवा युवतीमाझ पनि भ्यालेन्टाइन डे को दिन केही न केही योजना पक्कै बनेका छन् । तर, समस्या भनेको डेटिङ स्पट । जहाँ दुई जना मात्रै बसेर कसैले नदेख्ने र नसुन्ने गरी माया प्रेमका कुरा गरौं । त्यसको लागि प्राकृतिक वातावरणले पनि माया प्रेम भर्न साथ देओस् । अनि हरेक हिसावले सुरक्षित पनि भएको महसुस गरियोस् । हो, यस्तै कल्पना गरेको ठाउँ अभावमा इटहरीका युवा युवतीले लामै दुरी पार गर्ने बाध्यता छ । भेडेटार प्रायःको रोजाईमा पर्ने गरेको छ ।
तर, उनीहरुको चाहना इटहरीमै यस्तो ठाउँ होस् जहाँ बसेर दिन भर मनका कुरा साटासाट गर्न सकौं । कसैले अवरोध नगरोस् अनि असुरक्षित पनि महसुस नहोस् । त्यसैले इटहरीका प्रनिशा र अजय बुधबार घुम्नका लागि भेडेटार जाने योजनामा छन् । किन यतै घुम्दा हुँदैन र ? यो सञ्चारकर्मीको प्रश्नमा उनीहरुले भने ‘धत् के भन्नु भएको, इटहरीमा कहाँनै छ र दिन भर डिष्टप नहुने ठाउँ ।’ उनीहरुको बुझाईमा इटहरीको तातलैयामा माया प्रेमका कुरा गरेर दिन कटाउनै मुस्किल हुन्छ । कोशी हरैचामा नीजी स्तरबाट चलेको गोकुलम् र गोकर्ण रिसोट पनि घुम्नका लागि मात्रै हुने युवा युवतीको बुझाइ छ । अरु त्यस्तो कुनै ठाउँ छैन त ? उनीहरुले थपे बरु वेतना सिमसार विकल्प हुन सक्छ ।’
लागि प्रणय दिवस युवा युवतीहरु यो दिन एक अर्कासँग माया प्रेमको प्रस्ताव राख्ने हरेक हिसवाले नजिक हुन साइत हेरे झै गरेर पर्खिएका हुन्छन् । इटहरीको एक कलेज विद्यार्थी सुयोग र अञ्जना पनि इटहरीमा डेटिङ स्पट नभएको अनुभव गर्दै नयाँ ठाउँमा जाने योजनाका छन् । तर, उनीहरुले जाने भनेन् लजाउँदै सुयोगले भने ‘इटहरी भन्दा बाहिरै हुन्छ, यो भन्दा बढी नभनौ होला ।’
प्रेम र यौन लाई एकै नजरबाट हेरिने परम्पराबाट पनि युवा युवती तर्सिएका छन् । परिवार पनि शसकीत देखिन्छन् । केही समय अघिदेखि हरेर वर्ष भ्यालेन्टाइन डेको दिन प्रहरीले विभिन्न होटलबाट युवायुवतीलाई यौन गतिविधीमा संलग्न भएको भन्दै पक्राउ गर्ने गरेको कारण पनि सुरक्षित स्थानको खोजीमा युवा युवती छन् ।
यता, इटहरीमा युवा युवतीको आवश्यक्तालाई पुरा गर्ने योजना के छन् त भनेर इटहरी उपमहागनरपालिकाका मेयर द्धारिकलाल चौधरीलाई सोध्दा उनले भने ‘खासै त्यस्तो छुट्टै योजना त केही छैन, भएका पूर्वाधारलाई विकास गरेर लैजाने नै हो । उनका अनुसार तालतलैयासँगै रामधुनीको रानी पोखरी र इटहरीको भास्से पोखरीलाई संरक्षण गरी पूर्वाधार तयार गर्न सके युवा युवतीको जमघट हुन सक्ने बताए ।
युवा युवतीलाई गफगाफ गर्ने, सामाजिक मर्यादा अनुसार मनोरञ्जन लिने ठाउँको लागि होटल व्यवसायी र पर्यटन व्यवसायीसँग छलफल गरेर योजना बनाउने पनि उनले बताए । उनले तत्कालका लागि युवा युवती रम्न सक्ने ठाउँ तालतलैयालाई लिए पनि युवा युवतीहरु एकान्त नहुने हुँदा खुलेर तालतलैया खुलेर रोज्न सक्दैनन् । प्रेम अभिव्यक्त गर्न उनीहरू संसार भुलेर बस्ने सक्ने ठाउँको खोजीमा लामो यात्रा गर्नु पर्ने र समय पनि खर्चिनु पर्ने बाध्यता रहेको सुनाउँछन् ।
गत मंसिर १४ गते सम्पन्न प्रदेश सभा सदस्य विर्नाचनमा चुनावी भाषणमै इटहरीमा आकाशे पुल बनाउने र त्यहाँ युवा युवतीको लागि डेटिङ स्पट बनाउने बताएका प्रदेश सभा सदस्य सर्वध्वज साँवा पनि अहिलेनै युवा युवतीको मन जित्ने ठाउँ नभएको स्वीकार गर्छन् । ‘डेटिङ स्पटको लागि तालतलैया सहित इटहरीको २,३, १९ र २० नम्वर वार्डको जंगलको तल्लो भागलाई व्यवस्थित तगर्न सके आन्तरिक पर्यटक समेत बढाउन सकिने उनको विस्वास छ ।
‘घुमफिर गर्ने कुरामा पनि थुप्रै कुरा छन्, समयको बचत हुने र सुरक्षित महसुस हुने ठाउँ बनाउन सके इटहरीको विकासमा आर्थिक सपोर्ट समेत हुनेछ ।’ इटहरीका पूर्वमेयर समेत रहेका साँवाले भने ‘डेटिङ पार्क बनाउन सके राम्रै हुने थियो ।’ तर, उनीसँग पनि कहाँ कस्तो पार्क बनाउने भन्ने योजना बनि सकेको छैन । प्रणय दिवसमा युवायुवती आपसमा प्रेम साटासाट गर्छन् । खासगरी कलेजका युवायुवती प्रेम स्पटको अभाव महसुस गरिरहँदा विद्यालय, कलेजका कुना अनि एकान्त झाडीमै गफिएर बस्ने गरेको पनि पाइन्छ ।
एक हिसावले विकृतिका रुपमा पनि विकास हुँदै गएको भ्यालेन्टाइन डे लाई मर्यादित बनाउन प्रेम र यौनलाई फरक तरिकाले व्याख्या नगरिदा समस्या तेर्सिने गरेको पनि छ । भावनात्मक भन्दा पनि फेसन र शारीरिक आवश्यकताको रूपमा प्रेमलाई लिन थालिएको छ । कलेज पढ्दै गरेका उमेर समुहका युवा युवतीहरु साथीसंगीमाझ आफूलाई सबल देखाउनकै लागि भए पनि फेसनका रुपमा लिन थालेका छन् भने युवा मनोविज्ञानले प्रेमलाई विकृत तरिकाले परिभाषित गर्नु पनि दुर्भाग्य बन्दै गएको छ ।
त्यसो त युवायुवतीको जोडी मात्र होइन, समुहगत रुपमा पनि प्रेम साटासाट गर्नेको समुह बढ्न थालेको छ । समूह बनाएर घुम्न जाने, खानपिन गर्नेहरुको लागि पनि इटहरीमा तालतलैया बाहेक सुरक्षित र आकर्षक गन्तव्य नबन्दा टाढैको यात्रा गर्नु हुन्छ । परिवार सहित प्रेम साटासाट गर्ने समुह समेत बढ्दै गर्दा स्थानीय सरकारले यो विषयमा ध्यान दिन नसकेको पाइन्छ ।