काठमाडाै । नेकपा एमाले र नेकपा माअाेवादी केन्द्र पार्टी एकताकाे अन्तिम गृहकार्य गरिरहेका छन् । राजनीतिक, सांगठनिक विषयमा सहमतिकाे विन्दु खाेजीरहेका दुर्इ पार्टीका शीर्ष नेताले एउटै पार्टी निर्माणपछि स्थायी कमिटी, पाेलिट्ब्युराेमा रहने सदस्यहरूकाे खाका बनाएकाे स्राेतकाे भनाइ छ । स्राेतले उपलब्ध गराएकाे सूचीअनुसार केपी शर्मा अाेली र पुष्पकमल दाहाल दुवैजना एकीकृत पार्टीकाे सहअध्यक्ष हुनेछन् ।

तेस्राे वरियतामा झलनाथ खनाल तथा चाैथाे वरियतामा माधवकुमार नेपाल हुनेछन् । दुवैलार्इ वरिष्ठ नेता भनिनेछ । अन्य पदाधिकारी चयन गरिने छैन । तर, १४ सदस्यीय स्थायी समिति गठन गरिने छ । १४ सदस्यीय स्थायी कमिटीमा यी चारसहित नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, रामबहादुर थापा, अष्टलक्ष्मी शाक्य रहने छन् ।

यस्तै, अमिक शेरचन, सुभाषचन्द्र नेम्वाङ, भीम रावल, र्इश्वर पोखरेल, कृष्णबहादुर महरा रहेकाे स्थायी कमिटी हुनेछ । पाेलिट्ब्युराेमा युवराज ज्ञवाली, टोपबहादुर रायमाझी, सुरेन्द्र पाण्डे , विष्णु पौडेल, घनश्याम भुसाल, योगेश भट्टराई, शंकर पोखरेल, प्रदीप ज्ञवाली, गोकर्ण बिष्ट, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल छन् ।

यस्तै, भीम अाचार्य, किरण गुरुङ, पम्फा भुसाल, दीनानाथ शर्मा, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव, जनार्दन शर्मा, वर्षमान पुन, अग्नि सापकोटा, प्रभु शाह, जयपुरी घर्ती हुनेछन ।

यस्तै, देव गुरुङ, शेरधन राई, पृथ्वी सुब्बा गुरुङ, शक्ति बस्नेत, लेखराज भट्ट, जगन्नाथ खतिवडा, रघुजी पन्त, राजेन्द्र पाण्डे, रघुवीर महासेठ, महेश बस्नेत, यमलाल कंडेल, प्रकाश ज्वाला, कर्ण थापा, बेदुराम भुसाल, प्रदीप नेपाल, सुनीलकुमार मानन्धर, अग्नि खरेल, .ठाकुर गैरे, भगवती चौधरीलगायत छन् । केन्द्रीय कार्य समिति १११ सदस्यीय हुने जनाइएकाे छ ।