तरहरा/ इटहरी उपमहानगरपालिकाले इटहरीका आसपासका सबै क्षेत्र समेट्ने गरी बाहिरी चक्रपथ बनाउँने भएको छ । उपमहानगरपालिकालाई जोड्ने सडकको रुपमा निमार्ण हुन लागेको बाहिरी चक्रपथको विस्तृत परियोजना रिपोर्ट डिपिआरको काम सुरु भएको हो । पूर्वकै केन्द्रविन्दु इटहरीमा चक्रपथ निमार्णको काम सुरु भएको हो ।

इटहरी उपमहानगरपालिकाको झण्डै ७० किलोमीटर लामो बाहिरी चक्रपथ तयारी सुरु भएको इटहरी उपमहानगरपालिकाले जनाएको छ । शहरी विकास मन्त्रालयको सहयोगमा बाहिरी चक्रपथ निर्माणको प्रारम्भिक कामको थालनी भएको इटहरीका मेयर द्धारीकलाल चौधरीले जानकारी दिए । शहरी विकास विभागले करिव २२ लाख रुपैया विस्तृत सर्वे र डिजायनिङको लागि छुट्याई सकेको उनको भनाई थियो । चक्रपथ बनाउँने कुरा बैठकले पास गरीसके सँगै चक्रपथको काम सुरु भएको उनको भनाई थियो ।

डिजायनिङ र सर्वे जिम्मा पाएको कम्पनीले काम थालेको बताउँदै मेयर चौधरीले सर्वे र डिजाईनिङको काम सकिएलगत्तै वाहिरी चक्रपथको लागि शहरी विकास मन्त्रालयले दिने रकमबाट काम सुरु हुन्छ मेयर चौधरीले भने । इटहरीको जुटविकास , तालतलैया , त्रिभुवन चौक , देवीथान , पानिपीया , वरगाँछि , जनसहयोग , पकली , एकम्वा , आमजोगी हुदै जुटविकास जोड्ने गरि सर्वे र डिजायनिङको काम सुरु भएको मेयर चौधरीले बताएका छन् ।

सहरी विकास विभागले कन्सर्लटेन्ड नियुक्ती गरेर विस्तृत परियोजना रिपोर्ट डिपिआर तयार गरी काम सुरु गर्ने थालेको उपमहानगरपालिकाका बरिष्ठ इन्जिनिर अर्जुन दाहालले बताए । बाहिरी चक्रपथले इटहरीभित्र गाउँ र सहर जोड्न पुलको काम गर्नेछ । यसले इटहरी हुदै आवतजावत हुने यातायात पनि सहज बन्नेछ दाहालले भने । यो इटहरीको लागी धेरै राम्रो योजना हो यसलाई इटहरीवासीले सफल बनाउँनु पर्छ दाहाल भन्छन् । इटहरीमा चाडै चक्रपथ बन्दै छ सर्वसाधरणहरु धेरै लाभाम्बीत हुने छन इन्जिनियर दाहालले थपे ।

इटहरीको बाहिरी चक्रपथ बन्ने योजना राम्रो भए पनि इटहरी १९ र २० का भित्री गाउँमा भने सर्वसाधरणको धेरै जग्गा जाने रहेछ वडानम्वर १९ का वडाअध्यक्ष श्रीनारायण चौधरीले भने । इटहरीको भित्री सडकको लागी जनताको थोरै थोरै किनेको जग्गा भने जाने रहेछ उनले थपे ।

२०६४ सालमा इटहरीको अद्यावधिक योजना हुँदा यी दुवै चक्रपथको कल्पना गरिएको थियो । जनगणना ०५८ मा इटहरीको जनसङ्ख्या ४१ हजार दुई सय १० थियो भने उपमहानगर हुँदा डेढ लाख नाघिसकेको छ । इटहरीमा वर्षेनी एक हजारभन्दा बढी घर निर्माण हुँदैआएका छन् । पूर्वी पहाडी जिल्लाबाट बसाइसराई गरी आउनेको इटहरीमा बढ्दो छ ।