तरहरा/ इटहरीमा मंगलबार देखी जारी सुनसरी जिल्ला स्तरिय दोस्रो अन्तर माध्यमिक विद्यालय भलिवल प्रतियोगिताको उपाधीको लागी छात्र तर्फ क्षेत्रिय प्रहरी आवाशीय बिद्यालय र हाम्राे बोर्डिङ स्कूल बिच प्रतिष्पर्धा हुने भएको छ । यस्तै छात्रा तर्फ आयोजक सेक्रेडहार्ड स्कूल इटहरी र हाम्राे बोर्डिङ स्कूल भिड्ने भएका छन ।

बिहिबार सम्पन्न छात्र तर्फको पहिलो सेमिफाइनल खेलमा हाम्राे बोर्डिङ स्कूल इटहरीले बालबिकास स्कूल इटहरीलाइ पराजित गर्दै उपाधी नजिक पुगेको हो । यस्तै दोस्राे सेमिफाइनलमा क्षेत्रिय प्रहरी आवाशीय बिद्यालय धरानले युनाइटेड गोर्खा एकेडेमी धरानलाइ पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

बिहिबार नै सम्पन्न छात्रा तर्फको पहिलो सेमिफाइनलमा आयोजक सेक्रेडहार्ड बी ले बालबिकास स्कूललाइ पराजित गर्दै उपाधी नजिक पुग्दा दोस्राे सेमिफाइनलमा हामो्र बोर्डिङ स्कूलले सुनसरी क्रिष्टल एकेडेमीलाइ पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

बिहिबार नै तेसो्र स्थानका लागी भएको खेलमा छात्र–छात्रा दुबै बिधा तर्फ बालबिकास बोर्डिङ बिजयी हुदै तृतिय स्थान हांसिल गर्न सफल भएको छ । बालबिकासले छात्रतर्फ भएको खेलमा युनाइटेड गोर्खा एकेडेमी धरानलाइ पराजित गर्यो भने छात्रातर्फ सुनसरी क्रिष्टल एकेडेमीलाइ पराजित गरेर तृतिय स्थान हांसिल गरेको हो ।

फाइनल खेल भोली शुक्रबार हुने आयोजक सेक्रेडहार्ड स्कूलका प्रधानध्यापक डिककुमार तामांगले जानकारी दिए । सुनसरी जिल्लाका १७ माध्यमिक विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले ११ हजार, दोस्रो हुने विद्यालयले ८ हजार र तेस्रो हुने विद्यालय टिमले ५ हजार नगद राशी सहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन ।