इटहरी/ इटहरी उपमहानगरपालिका भित्र खोला तथा मिचेर बनाईएको भौतिक संरचनाहरु भत्काउँन थालिएको छ । सरकारी सम्पतीको दोहन बढ्न थालेको भन्दै इटहरी उपमहानगरपालिकाले स्काईभेटर र डोजर लगाएर खोला तथा पैनी अतिक्रमण गरी बनाईएका संरचना भत्काउँन सुरु गरेको हो ।
सरकारी खोला पैनी मिचेर विभिन्न भौतिक संरचना बनाई जग्गा हड्प्दा वर्षेनी इटहरी उपमहानगरपालिका ढुवान भई धनजनको क्षती भईरहेको निष्कर्ष निकाल्दै उपमहानगरले पैनी मिच्नेहरुको संरचनामा शुत्रवार देखि डोजर लगाएर भत्काउँन सुरु गरेको हो । शुत्रवार आर्मी क्याम्प अगाडी भएर बग्ने पैनी अतिक्रमण गरेर बनाईएको भौतिक संरचना डोजर लगाएर भत्काईएको छ।
उपमहानगर कार्यापालीकाको वैठक राखेर अतिक्रमण गरी वनाएका संरचना भत्काउने निर्णय गराई अतिक्रमण गरी बनेको संरचना भत्काउँन थालेको इटहरीका मेयर द्धारिक चौधरीले भने । खोला तथा पैनी अतिक्रमण गर्नेहरुकोमा जेसिभि र डोजर लगाईने भन्दै सार्वजनिक सम्पतीको दोहन गर्ने नदिने उनको भनाई थियो । प्राविधिकले नक्साङकन गरेको क्षेत्र निरीक्षण गरी भत्काउनु पर्ने पछि भत्काईएको हो मेयर चौधरीले थपे ।
पैनी तथा खोला मिचेर बनाईएका घरका हकमा भने घर हटाउनका लागि निश्चित समय दिईने वताए । समयमा भत्काएनन् भने हाम्रो डोजर पुग्छ मेयर चौधरीले भने । खोला र पैनी मिच्नेहरु जो सुकै भए पनि कसैलाई नछोडिने उनको स्पष्टोत्ती छ । इटहरीका अधिकांस पैनी मिचेको भेटिएको भन्दै खोला तथा पैनीमा बनेको सम्पूर्ण संरचना भत्काईने उनको प्रतिबद्धता छ ।
नयाँ नयाँ घरहरु वन्ने क्रम वढे सँगै पैनी मिच्नेहरुको कारण वाढी शहर पस्दा वर्षेनी सर्वसाधरणहरुले दुःख पाईरहेको कारण यो कार्य गर्ने पर्ने थियो इटहरी ३ का वडाअध्यक्ष वालकृष्ण विष्टले भने । इटहरी भित्र खोला तथा पैनी मिचेर थुपै संरचना बनेका कारण वर्षायामको समयमा इटहरी ढुवानमा पर्ने समस्याले वर्षेनी इटहरी वासी पिडित हुदै आएको वताए । खोला तथा पैनी बग्ने ठाउँमा संरचना बनेकै कारण इटहरी ढुवान अहिले इटहरीको लागी ठुलो समस्या भएको उनको तर्क छ ।
खेती खोलामा दर्जन भन्दा बढी घर र अन्य कच्ची संरचना खोलाको भागमा निर्माण भएको पाइएको भन्दै उक्त संरचना भत्काउँ सुरु गरीएको हो इटहरी उपमहानगरपालिका इन्जिनियर अर्जुन दाहालले भने । प्राविधिकका अनुसार नापी गरिएको स्थानमा २० फूट देखि एक सय फूट सम्म खोलाको भाग देखिएको छ । पानीको वहाव नछेक्ने गरी खोला सफाई समेत गरीने उपमहानरले जनाएको छ ।
२०५३ सालमा नगरपालिका बनेको इटहरी दुई दशक नपुग्दै उप–महानगरपालिका बन्यो । पहाडबाट बसाई सराई गरेर आउनेहरुको संख्या दिन प्रतिदिन बढ्दै वस्ती अहिले पनि यो क्रम रोकिएको छैन । वस्ती बस्ने क्रममा खोला तथा पैनीको भाग खतिक्रमण भएको कारण वर्षामा इटहरीमा डुवानको समस्या हुँदै आएका छ । खोला पैनीको भाग अतिक्रमण भएको भए पनि कहाँ कति भाग मिचिएको छ भन्ने कुनै तथ्याङ्क छैन ।
जन प्रतिनिधी नहुँदै इटहरी उपमहानगरपालिकाका तत्कालिन कार्यकारी अधिकृत महेशराज तिम्सनाको पालामा इटहरीमा भएका सरकारी जग्गा खोजी गर्न कर्मचारीबाटै समिति बनेको थियो । सो समितिले इटहरीमा एक हजार विगाहा भन्दा बढी ऐलानी जग्गा भएको उपमहानगरपालकालाई प्रतिवेदन बुझाएको थियो । झण्डै डेढ लाख जनसङ्ख्या भएको इटहर पैनी मिचिएकै कारण वर्षेनी इटहरी डुवान पर्दै आएको इटहरी उपमहानगरको निष्कर्ष छ ।