तरहरा/ तरहरामा पहिलो पटक युवाहरुले सकरात्मक सन्देश प्रवाह गर्ने उदेश्यले फोटो प्रदर्शनी सुरु गरेका छन । राष्ट्रिय ,अन्तराष्ट्रिय तथा स्थानीय स्तरमा खिचिएको फोटोलाई समाजमा देखाई सकरात्मक सन्देश दिन फोटो पर्दशनी गरीएको हो ।
लाईफ एण्ड फोटोग्राफीको आयोजनामा भएको उक्त फोटो प्रदर्शनीमा ५७ वटा फोटोहरु राखिएको आयोजक समितिका अगुवा दिपक गौलीले बताए । गौलीका अनुसार स्थानीय युवाहरुले समाजमा सकरात्मक सन्देश दिन फोटो प्रदर्शनी गरेको हो । सामाजिक सञ्जालको प्रयोग तिब्र बढे सँगै फेसवुकमा जथाभावी फोटोहरु पोष्ट भईरहेको भन्दै सकरात्मक सन्देश दिने फोटो खिचेर प्रचार गर्ने उदेश्य राखेको गौलीको भनाई थियो ।
फोटो पर्दर्शनीलाई तरहरामा रहेको नो नेम टुयुसन एण्ड ल्याग्वेज सेन्टर र क्यानभास कम्युटर सेन्टरले सहयोग गरेको छ । युवाहरुको समुहले समाज परिवर्तन गर्ने सक्छ भन्ने उदेश्य समेत राखि समाजिक कार्य समेत गर्ने थालिएको उनीहरुले वताएका छन । स्थानीय युवाहरु दिपक गौली, सुरेन्द्र श्रेष्ठ,याक्खा राई शंकर कुवर, सञ्जु सापकोटा विवेक पाण्डेले खिचेको फोटोलाई प्रदर्शनी राखिएको छ । उक्त फोटो पर्दर्शनी शनिवार सम्म चल्ने आयोजक समितिले जनाएको छ ।