इटहरी/ १ नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईले विकास र सम्बृद्धि प्रदेश सरकारको पहिलो एजेण्डा भएको बताएका छन् । विकास र सम्बृद्धि ल्याउन दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षाका लागि प्रदेशले नयाँ शिक्षा नीति बनाउनुपर्ने मुख्यमन्त्रि राईको भनाई थियो ।

सुनसरीको इटहरीमा नीजि तथा आवसिय विद्यालयल अर्गनाईजेसन (प्याब्सन)को एक नम्बर प्रदेश साधारण सभाको उद्घाटन गर्दै मूख्यमन्त्रि राईले प्रदेश नम्वर एकले विकासको मुहार फेर्ने समेत घोषणा गरे । राईले भने देश विकास गर्ने हो भने आफ्नै क्षेत्र र ठाउँबाट विकासको काम थाल्नु आवश्यक छ ।

आधुनिक समयको दिशानिर्देष गर्नका लागि प्रदेशको छुटटै शिक्षा नीति बनाउनुपर्ने, भएका शिक्षा नीतिको अपडेट गर्नुपर्ने र पाठ्यक्रम पनि परिवर्तन गर्नुपर्ने मुख्यमन्त्रि राईको भनाई थियो । मुख्यमन्त्रिको शपद लिए पछिको पहिलो सार्वजनिक कार्यक्रममा सहभागि हुन इटहरी अआएका मुख्यमन्त्रि राईले प्रदेशमा नयाँ व्यावसायीक र प्राविधिक शिक्षाको विकास गदै शिक्षामा ब्यापक सुधार ल्याउँने उनको प्रतिबद्धता छ ।

बदलिँदो परिवेस अनुसार शिक्षा क्षेत्र पनि परिर्माजित गर्न प्याब्सनले पनि आफ्नो खाका छिटो भन्दा छिटो प्रदेश सरकार समक्ष राख्न उहाँले प्याब्सनका पदाधिकारीलाई आग्रह गदै प्याब्सन र प्रदेश सरकारका वीचको छलफल पछि नयाँ शिक्षा नीतिको बारेमा अगाडि बढ्न सकिने उनको स्पष्टता थियो । शिक्षामा सुधारको ब्यापक खाचो छ हामी त्यो शिक्षा सुधारको रणनितिमा लाग्छौ राईले थपे ।

प्रादेशिक संग्रचनामा गएपछि प्याब्सनले आफ्नो पहिलो साधारण सभा इटहरीमा आयोजना गरेको हो । एक बर्ष अघि इटहरीमै अधिवेसन गरेर प्याब्सन नयाँ प्रादेशिक संग्रचनामा गएको थियो । शैक्षिक क्षेत्रमा ठुलो लगानीका साथ प्याब्सनले दक्ष विद्यार्थी उत्पादन गर्दै आएको छ । बर्षेनी एसईई परिक्षा दिएर उत्पादन हुने विद्यार्थी मध्ये ठुलो हिस्सा नीजि विद्यालयले ओगट्ने गरेको छ । ब्यापसन सुनसरीको अध्यक्ष सुमित थापाले निजि विद्यालयहरु पछिल्लो समयमा ब्यावस्थीत हुदै गएको बताएका थिए ।