तेह्रथुम/ आफ्नै जिल्लामा जम्मिएका केपी शर्मा ओली प्रधानमन्त्री भएपछि तेह्रथुमवासी निकै हौसीएका छन् । केन्द्रमा पहुँच नहुदा विकासमा तेह्रथुम पछि परेको गुनासो आईरहेको बेला आफ्नौ जिल्लामा जन्मी हुर्की गरेका ओली देशको प्रमुख कार्यकारी प्रधानमन्त्री भएपछि जिल्लावासी खुशीले गदगद भएका छन ।
[caption id="attachment_73380" align="aligncenter" width="800"] आठराई गाउँपालिका ईवामा रहेको प्रधानमन्त्री अोलीको जन्मघर[/caption]वाल्यकाल देखी नै तिक्ष्ण दिमाग र हक्की स्वभावका ओली देशको ४१ औं प्रधानमन्त्री हुदैछन भन्ने साता अघि देखी नै गाउँघर तिर हल्ला चल्दै गर्दा उनी जन्मी हुर्कीएको आठराई गाउँपालिका इवामा गाउँलेहरु विच खुशीको रौनक छाएको छ । तत्कालीन आठराई पोखरी गाउँ पञ्चायत वडा नं. ५ हाल आठराई गाउँपलिका ईवा खानीगाउँमा २००८ साल फागुन ११ गते जन्मीएका ओली विहिवार प्रधानमन्त्री वने संगै गाउँ देखी शहर सम्म नै खुशीयाली छाएको छ ।
आफ्नै गाउँले देशको प्रधानमन्त्री हुदा खुशीले सिमा नाघेको इवाका समाजसेवी तुलसी संग्रौलाले बताए । राजनीतिको केन्द्रभागमा रहेका ओली देशको प्रमुख कार्यकारी प्रधामन्त्री भएपछि देशले झेलीरहेको वर्तमान समस्यावाट निकास पाउनेमा उनी ढुक्क छन् । ‘ओली सँग हाल देशमा देखीएको समस्या समाधान गर्नं सक्ने क्षमता र आँट दुवै भएको समाजसेवी संग्रौलाले बताए ।
ओली देशको प्रधानमन्त्री वन्दै गर्दा जिल्लावासीले अव तेह्रथुमको नाता काठमाडौं संग पहिलेको तुलनामा नजीकिने आशा गरेका छन् । आफु जन्मी हुर्किएको गाउँ र जिल्लालाई ओलीले अव विकासको गतिमा लैजानेछन् भन्ने जिल्लावासीले अपेक्षा गरेका छन । ओली प्रधानमन्त्री वन्ने पक्का भएको खवर सुनेर वसेका जिल्ला वासी र इवावासीले विहिवार देखि ३ दिन सम्म रातभर दिपावली गर्ने तयारी गरेका छन् । ‘यस्तो खुशीयाली गाउँले विचमा कहिल्यै पनि भएको थिएन्’ नागरीक समाजका अध्यक्ष समेत रहेका समाजसेवी संग्रौलाले भने ।
केन्द्र सग बलियो र सिधा पहुँच नहुदा जिल्लाको विकास कछुवा गतिमा हुने गरेको जिल्लावासीले जहिल्यै पनि गुनासो गरीरहन्थे । ओली प्रधानमन्त्री भए संगै त्यो दुरी समेत नजीकिएको पुर्व जिविस सभापती किशोरचन्द्र दुलालले वताए । आफ्नै जिल्लाका प्रभावशाली कम्युनिष्ट नेता ओली प्रधानमन्त्री भएपछि देशको वर्तमान समस्या समाधान हुने आशा स्थानीयको छ । ‘दायित्व धेरै भएपनि जिल्लाको विकासमा पनि पक्कै ध्यान दिनुुहुन्छ होला’ पेशाले शिक्षक रहेका मेन्छ्यायेम गाउँपालिका मोराहाङ्गका रघुनाथ गौतमले भने ।
अत्यन्त चलाख र हक्की स्वाभावका ओली संग देशमा रहेका सवै राजनीतिक शक्तिलाई मिलाएर लैजाने क्षमता भएकाले उनी प्रधानमन्त्री भए संगै देशले शान्ति, स्थायीत्व र विकास पाउने म्याङलुङ्ग क्याम्पसका क्याम्पस प्रमुख दधिराम न्यौपानेले वताए । देशले आवश्यकता महशुस गरेका ओली प्रधानमन्त्री भएकाले देशले अव विकासको गति लिने क्याम्पस प्रमुख न्यौपानेको भनाई छ ।