अनुगमन पूर्वको उदाउँदो शहर इटहरीमा खोला तथा पैनी मिचेकै कारण वर्षायाममा केहि भाग ढुवाउँनुको साथै धनजनको समेत क्षती हुदै आएको छ । शहर हुदै बग्ने पैनी तथा ऐलानी जग्गामा भुमाफियाको चलखेलकै कारण इटहरीमा वर्षेनी सर्वसाधरणको ओछ्यानवाट वाढी कुद्ने समस्या रोक्न इटहरी उपमहानरले पैनी मिच्नेको भैतिक संरचना भत्काउँन थालेको अभियान आफैमा प्रशंसानीय छ ।
लामो समय देखि खोला नाला तथा पैनीहरु ऋतिक्रमण गरेर ठुला ठुला भवन बनाउँदा इटहरीका अधिकांस सर्वसाधरणले वर्षायाममा ठुलो कष्ट ब्याहोर्नु परेको वाध्यता ज्यूको त्यू छ । ढिलै भए पनि स्थानीय सरकारले गरेको यो अभियानले निरन्तरता पाउँनु पर्छ । वाढी रोकथामको दिर्घकालीन समस्याको सामधान गर्न पनि अहिलेको जनप्रतिनिधिको मुख्य काम हो ।
इटहरी जस्तो तिब्र विकास भईरहेको शहर ढुब्नु चानचुने विषय भने हैन । विकासको क्रम सँगै वसाईसरी आउँनेहरुको संख्या समेत दिनानुदिन वढिरहेको शहरमा यसरी पैनी मिच्नेहरुलाई धमाधम कार्वार्ही गदै जानु पर्छ तव मात्र जनताले परिवर्तनको अनुभूति गर्न पाउनेछन् । इटहरी पूर्वको हब वन्दै गएको एउटा निकै भविष्य वाकेको शहर हो । चौतर्फी बाटाघाटो मात्र हैन सबै हिसाबले अगाडी रहेको इटहरीलाई कस्तो वनाउँने भन्ने सवाल सुरु भएको छ ।
पैनी तथा खोला मात्र हैन ऐलानी जग्गामा रजाई गर्नेहरुलाई समेत कार्वार्हीको दायरामा ल्याउँनु आजको आवश्यकता हो । पानी निकासको राम्रो व्यवस्था नहुनु र नदि तथा खोला क्षेत्रको अतिक्रमण गर्दै घर निर्माण गर्नु इटहरीको मुख्य चुनौतिको विषय हो त्यस कारण पनि अतिक्रमण गर्नेहरुलाई निरुत्साहितक गर्ने बनेको संरचना भत्काउँनु जरुरी थियो । उपमहानगरपालिकाले काम देखाउँनु मात्र यसरी बनेको संरचना भने भत्काउँनु हुदैन इटहरीमा ठुला ब्यापारी देखि राजनितिक दलका केहि नेताहरुले ऐलानी जग्गामा गरीरहेको दोहन रोक्नु आवश्यक छ ।
तिव्र विकासको क्रममा रहेको इटहरी बन्दै गरेका घर तथा भवनहरुले खोला तथा नदिको अतिक्रमण गर्ने क्रम तिव्र रुपमा चलिरहेको छ । विशेष गरि इटहरी चौकसँगै भएर बग्ने टेग्राँखोला खेती खोलाको तिव्र अतिक्रमण भएको छ । खोलाको दुवै तिरबाट घर बनाउन तार जारी गर्दै र घरको पर्खाल नै बनाएर खोला मिचिएको छ । खोला मिचिएर साँघुरो भएपछि बर्षाको समयमा नदिको पानि कमजोर र साँधुरो क्षेत्रलाई भत्काउँदै बजार पस्ने गरेको छ । प्रत्येक बर्ष यो समस्याले इटहरीबासी हैरान भएका छन् ।
पैनी अतिक्रमण नरोकिए सम्म इटहरी ढुब्ने क्रम निरन्तर चलिनैरहने देखिन्छ । तर अव इटहरीमा जतिपनि घरहरु नक्सा पास नगरि र खोला नाला अतिक्रमण गरेर निर्माण गरिएका घर तथा भवनहरुलाई अभियान नै चलाएर भत्काएरै भएपनि खोलालाई पुरानै अवस्थामा लैजाने वातावरण बनाउँनु अहिलेको जनप्रतिनिधि काधमा जिम्मेवारी थपिएको छ । कुनै दल तथा पहुँचको आधारमा इटहरीका मेयर द्धारिकलाल चौधरीले पैनीमा बनेको संरचना भत्काउँने अभियान रोक्नु हुदैन ।
खोला मिचेर बनाईएको संरचनालाई भत्काई खोलालाई आफ्नो बाटो हिड्न दिने वाताबरण बनाउँदै लौजानु सके मात्र अभियानले सफल पाउँने छ । हैन भन्ने प्रचारकै लागी मात्र यो अभियान सुरु भयो भन्ने आलोचना ब्याहोर्नुको विकल्प छैन । इटहरीको अधिकांस वडा कार्यलयमा ढुब्नेको अर्को कारण पैनी अतिक्रमण हो । इटहरीमा पैनीहरु अतिक्रण इटहरीका धनीमनीहरुले पनि गरेको स्पष्ट देखिन्छ । शहरको पैनीहरुमा घर निमार्ण भईरहेको छ ।
यसरी मनपरी तरीकाले शहरको पैनी नियन्त्रण गर्नेलाई धमाधम कार्वार्ही गर्ने हो भने केहि हद सम्म इटहरी ढुवान हुने थिएन । पैनी अतिक्रमण गर्नेहरुकै कारण आज सारा इटहरीवासी समस्यामा परेका छन । यसरी पैनी अतिक्रमण गर्ने विरुद्ध आम सर्वसाधरणले दवाव दिने कि नदिने ? केहि भुमाफियाको कारण समग्र इटहरीले दुःख पाउँनु परीरहेको कारण उनीहरुलाई कडा भन्दा कडा कार्वार्ही माग गदै इटहरी उपमहानगरले खोला आसपासमा बनाईएका संरचना भत्काउँने अभियानलाई साथ दिनु पर्छ ।
इटहरी डुब्ला कि नडुब्ला ? खोला तथा पैनी अतिक्रमण रोक्ने अभियान उपमहानगरपालिकाले सुरु गरे सँगै इटहरीबासीमा केहि खुसीयाली छाएको छ । पैनी अतिक्रमण रोके वर्षायाममा इटहरी डुब्ला कि नडुब्ला ? भन्ने प्रश्न अहिले इटहरीमा गुुञ्जिएको छ । इटहरी भित्रका पैनी तथा खोलाहरु सफा गदै बनेका संंरचना भत्काइए भने इटहरी पहिलाको जस्तो नडुब्ने पक्का छ । तर धरानको सेहेरा खोला हुदै आउँने बाढीले यो वर्ष पनि इटहरी ढुवान हुने पक्का भए पनि यस तर्फ भने उपमहानगरपालिकाले ध्यान दिएको छ्रैन । ब्यापारीक दृष्टिकोणले पूर्वकै नेतृत्व गदै आएको शहर वर्षेनी ढुबीरहदा किन मौन वस्दै आएको छ ? किन वोल्दैनन् सरोकारवाला निकाय ? वर्षेनी सर्वसाधरणको ओछ्यानवाट वाढी कुदिरदा रोकथामको सामान्य विषय वाहेक मौन वस्दै आउनु आफैमा लज्जासमक छ ।
पैनी तथा खोला नियन्त्रण मात्र नभई इटहरी ढुब्नुको प्रशस्त छन कारणहरु छन यी कारणहरुको खोजी गरी सरकारी निकायले बेलैमा ध्यान नदिने हो भने भविष्यमा इटहरीमा अझै ढुवानमा पदै जाने पक्का छ । वर्षेनी लाखै रुपैया सेहेरा खोला रोक्न भन्दै वालुवामा पानी हाल्ने काम तत्काल रोकी दिर्घकालीन समस्याको सामधान खोज्न जरुरी छ । अरु वेला साना साना विषयमा दवावको रागी राजनितिक झण्डामुनी वसेर जिन्दावाद र मुर्दावादको नारा लगाउँने जनताहरु विकास निमार्ण गर ,पैनी अतिक्रमण रोक,सेहेरा खोला नियन्त्रण गर भनेर आन्दोलनमा उत्रन किन नसकेका होलान् । यस्तो विषयमा हामी आम युवाहरुले दवाव दिने अभियानमा लाग्ने हो कि !