भद्रपुर/ बिरामीलाई मध्यनजर गरी झापाको एक निजी अस्पतालले थप सेवा विस्तार गरेको छ । विर्तामोड नगरपालिका ३ सैनिकमोडमा विगत चार वर्षदेखि सञ्चालनमा आएको मेची दृष्टि आँखा अस्पतालले विशेषज्ञ चिकीत्सकसहित कानको सेवा विस्तार गरेको हो ।

अस्पतालले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी सेवा सुरु भएको जानकारी गराएको थियो । सेवालाई विर्तामोड नगरपालिका प्रमुख ध्रुव कुमार सिवाकोटीले रिवन काटेर उद्घाटन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी सिवाकोटीले नगरकको गहनाको रुपमा रहेर गुणस्तरीय सेवा दिदै आएको भन्दै अस्पतालको प्रशंसा गरेका थिए ।

अस्पतालले गुणस्तरीय सेवासहित सस्तो रकममा बिरामीलाई सेवा दिइरहेकोले झापा लगायत बाहिरी देशवाट पनि बिरामी आउने गरेको उनले वताए । स्थापना भएसगै आफ्नो परिवारले उपलब्ध सेवाहरु लिदै आएकोले यस्तो सेवालाइ थप विस्तार गर्दै चाडै नाक र घाटीको पनि सेवा दिनु पर्ने उनको भनाइ थियो ।

अस्पतालका अध्यक्ष राम उप्रेतिको सभापतित्व तथा सिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा अस्पतालकी मेडिकल डाइरेक्टर डाक्टर सविता पालिके श्रेष्ठले सेवा विस्तारको औचित्यमाथि प्रष्ट पारेकी थिइन् । प्रशासन प्रमुख विकास थापाले अस्पतालको गतिविधिसहितको प्रेस विज्ञप्ती सार्वजानिक गरेका थिए । कान रोग विशेषज्ञ योगेश न्यौपानेले जनसंख्याको दश प्रतिशत मानिसमा कानको समस्या देखिएको उल्लेख गरेका थिए ।

सेवा सुरु भएकै दिन चारवटा जटिल प्रकारका शल्यक्रिया गरिसकेको समेत उनले जानकारी गराएका थिए । काठमाडौपछि दृष्टि अस्पतालमा मात्र यस्तो प्रकारको सेवा उपलब्ध हुने गरेको उनको भनाइ थियो । सेवा सुचारु गरेको दिनदेखि फागुन ११ गतेसम्म निःशुल्क कान जाँच तथा शल्यक्रियामा बिषेश छुटको व्यवस्था गरिएको अस्पतालले जनाएको छ । नेपाल गलायत भुटान, भारत, बङगलादेश,म्यानमार लगायतका देशवाट उल्लेखिय मात्रमा बिरामीले सेवा लिइरहेको अध्यक्ष उप्रेतिले जनाए ।