मोरङ / झापाको दमक अस्पतालबाट शव परीक्षण सम्बन्धी पोष्टमार्टम सेवा सुरु भएको छ ।
सडक दुर्घटना सहितका अस्वभाविक मृत्यु भएको अवस्थाको शवको दमकमै पोष्टमार्टम गर्ने कार्यको आइतबार दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले उद्घाटन् गरेका छन् ।
सरकारी अस्पतालका रुपमा रहेको दमक अस्पतालले यो सेवा सुरु गरेपछि दमक र आसपासको क्षेत्रबाट शव पोष्टमाटमका लागि मोरंगको उर्लाबारीको मंगलवारे वा भद्रपुरको मेची अस्पताल लैजानु पर्ने समस्याबाट मुक्ति मिलेको छ ।
सामान्य एवम् प्राकृतिक अवस्थामा भएको मृत्यु बाहेक अन्य मृत्युमा शव पोष्टमार्टम अनिवार्य हुने गर्दछ ।
स्वास्थ्य चौकीबाट जिल्ला अस्पतालको रुपमा परिणत भएको दमक अस्पतालमा विभिन्न सेवाहरु सञ्चालन गर्ने क्रममा यो सेवा पनि शुचारु भएको हो ।