विराटनगर/  १ नम्बर प्रदेश स्तरीय अन्तर कलेज भलिबल प्रतियोगिताको उपाधि विराटनगरमा रहेको निहेरीका कलेजले जितेको छ ।

मोरङको सुन्दरहरैचामा बुधबार सम्पन्न भएको फाइनल खेलमा धरान महेन्द्र बहुमुखी क्याम्पसलाई २५–१९, २५–२२ र २५–१९ सोझो सेटले पराजित गरी निहेरीका कलेजले उपाधि जितेको हो ।

जतसँगै निहेरीका कलेजले ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी हात पारेको छ । उप बिजेता बनेकोे धरान बहुमुखी क्याम्पसले ३३ हजार ३ सय रुपैयाँमा चित्त बुझायो । मेन अफ द टुनामेन्र्ट निहारिका कलेजका सन्तोष तामाङ घोषित भए ।

उक्त प्रतियोगिताको आयोजना स्वतन्त्र विद्यार्थी यूनियन सुकुना बहुमुखी क्याम्पसले गरेको थियो ।