तेह्रथुम/ तेह्रथुमको सदरमुकाम म्याङलुङ्गको ऐतिहासिक परिचय झल्कने मेयङ् अर्थात् विरालोको स्तम्भ निर्माण सम्पन्न भएको छ । म्याङलुङ्ग स्थित बसपार्कमा निर्माण भएको स्तम्भ सम्पन्न सम्पन्न भएको हो ।
लिम्वु भाषामा मेयङ्को अर्थ विरालो र लुङ्गको अर्थ ढुङ्गा रहेको निर्माण समितिका सचिव तथा किरात याक्थुङ् चुम्लुङ्गका सचिव तेजमान कन्दङ्गवाले बताए ।
स्तम्भमा घन्टै पिच्छे विरालो कराउने प्रविधि जडान गरि पार्क समेत निर्माण भएको छ । म्याङलुङ्ग नगरपालिकाको नामांकनसँगै जोडिएको यो स्तम्भ सम्पन्न गर्न २५ लाख बढी रुपैया लागेको निर्माण समितिले जनाएको छ । स्तम्भ निर्माणका लागि म्याङलुङ्ग नगरपालिका, किरात व्याक्थुङ चुम्लुङ्ग र चन्दातादाबाट आर्थिक संकलन गरिरहेको सचिव कन्दङ्गाले बताए ।
स्तम्भको आज एक कार्यक्रमका विच प्रदेश नम्वर १ का प्रमुख गोविन्द आम्वुले उद्धघाटन गर्नुहुने चुम्लुङ्गका जिल्ला अध्यक्ष गणेस सेनेले बताए । आदिमकालमा नागदहमा बटुवाले खाना पकाउन प्रयोग गरेको ढुङ्गामा कम्पन हुन थालेको र त्यो क्रम नरोकिए पछि रिसाउदै खुकुरी प्रहार गर्दा विरालोमा परिणत भई म्याउँ गरि कराएकोले तत्कालिन किरात राजाले त्यौ ढुङ्गाको पुजा गर्दै आएको मन्दिर नै हाल मेयङलुङ भगवती मन्दिर भएको किवदन्ती छ । सोही आधारमा मेयङलुङबाट अपभ्रम्स भई यो ठाउँको नाम म्याङलुङ्ग रहन भएको पूर्व सांसद तेजमान तुम्वाहाम्फेको भनाई छ ।