विराटनगर/ विराटनगर – ८ हाटखोलमा रहेको सार्वजानिक शौचालय चिटिक्क पारी सरसफाइयुक्त राख्ने सफाईकर्मी ममता मरिकलाई प्रदेश १ का समाजिक बिकास तथा वातवरणमन्त्री जीवन घिमिरेले नगद सहित सम्मान गरेका छन् ।
अन्य शौचालयभन्दा हाटखोलमा रहेको सार्वजनिक शौचालय चिटिक्क सफा पारेर सेवा दिइरहेको देखेपछि मन्त्री घिमिरले बिहिबार सफाईकर्मी ममतालाई शौचालय परिसरमै पुगेर नगद ५ हजार सहित कदरपत्रले सम्माने गरेका हुन् ।
शौचालयको सरफाईको अबस्था बुझन मन्त्री घिमिरे सहित अन्य विभिन्न सरोकारवालाको टोलीले विराटनगर महानगरपालिको र कटहरी गाउँपालिकामा रहेको शौचालयहरुको बुधबार अनुगमन गरेको थियो । हाटखोलमा रहेको सार्वजानिक शौचालय राम्रो सफाइ गरी सफाइकर्मी मरिकले सञ्चालन गरेको देखेपछि प्रोसाहन स्वरुम सम्मान गरीएको मन्त्री घिमिरले बताए ।
‘अनगुगमनको क्रमम अन्य सार्वजानिक शौचालयमा उभिन सकिने अवस्था नरहेको पाइयो,’ मन्त्री घिमिरले भने, ‘हाटखोलको सार्वजानिक शौचालय भने अपेक्षाकृत सरसफाईयुक्त देखियो । सरसफाइयुक्त नभएका शौचालय सफाइ गर्न सचेत गराएका छौं ।’
अनुगमनपछि मन्त्रालयले सार्बजनिक गरको मुल्याकन प्रतिबेदन अनुसार सफाईकर्मी ममताले सञ्चालन गर्दै आएको सार्वजानिक शौचालयले ४४ अंक प्राप्त गरेर प्रथम भएकी हुन् । मन्त्री घिमिरेले बिराटनगर महानगरपालिका र कटहरी गाउँपालिकाका सात स्थानका शौचालय अनुगमन गरेका थिए ।
अनुगमन पछि मन्त्रालयले सार्वजानिक गरेको मुल्यकानमा मोरङको कटहरी गाउँपालिकामा रहेको बाबा जुटमिलकोे शौचालय अत्यन्त कमजोर सरसफाइमा ध्यान नपुर्याएको १ अंक प्राप्त गरेको छ । त्यस्तै बिराटनगरमा रहेको सरस्वती माबिले ९, वडा प्रहरी कार्यालय ‘क’ विराटनगरले ४, मालपोत बिराटनगरले १०, टाफिक चौकमा रहेको सार्बजनिक शौचालयले १८, कोशी अञ्चल अस्पताल भित्ररहेको शौचालयले १४ अंक गरेको सामाजिक विकास मन्त्रालयका उपसचिब फणिन्द्र खत्रीले जानकारी दिए ।
अनुगमन मुल्याकन समितिमा पाँच सदस्य समिति गठन भएको थियो । जसमा जिल्ला जनस्वास्थय कार्यालय मोरङका प्रमुख चन्द्रदेव मेहता, सामाजिक विकास मन्त्रालयका उप–सचिब फाणिन्द्र खत्री, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय विराटनगरका मोहन महासेठ, पब्लिक फोरम विराटनगरका अध्यक्ष उत्तम ढुङगेल र लब कुमार ताम्राकार रहेका थिए ।