पानवारी/ पुरै देशलाई धान्ने कृषि उत्पादन प्रदेश नं. १ मा हुने मुख्यमन्त्रीलाईले बताएका छन् ।

बिहीबार धरानमा तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनि २०७४ को उद्घाटन गर्दै मुख्यमन्त्री राईले १ नं. प्रदेश कृषि क्षेत्रको उर्वर भूमि रहेको भन्दै पुरै देशलाई नै धान्नसक्ने कृषि उत्पादन हुनसक्ने बताएका छन् । कृषिमा आधुनिकिरण, यान्त्रीकरण गरेर व्यवसायीक कृषिमा लागी परे १ नं. प्रदेशको उत्पादनले पुरै देशलाई कृषिमा आत्मनिर्भर बनाउन सक्ने उनले बताए ।

राईले नेपाल कृषि प्रधान देश भएको भन्दै कृषिलाई पहिलो प्राथमिकतामा राखेर समृद्धि तर्फ अघि बढ्ने बताए । उनले भने –‘उर्बर माटोले भरिएको देश सुन्दर नेपाल निर्माण गर्ने महत्वपूर्ण चरणमा रहेको छ, कृषिलाई आधुनिकिरण, यान्त्रीकरणका साथै वैज्ञानीकरण गरी देशलाई समृद्धि तर्फ लानु छ ।’

मुख्यमन्त्री राईले देशमा राजनीतिले स्थिरता लिन नसक्दा कृषिको विकास हुन नसकेको भन्दै अहिलेसम्म निर्वाहमुखि कृषि हुदै आएकोमा अब कृषिले पनि व्यवसायीकता तर्फ अघि बढ्ने विश्वास व्यक्त गरे । सरकारले कृषिलाई प्राथमिकतामा राखेर प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजनाको सुरुवात गरेको स्मरण गर्दै राईले भने देशलाई कृषिमा आत्मनिर्भर बनाउन सरकारले प्राथमिकतामा राखेर लगानी बढाउने बताए ।

मुख्यमन्त्री राईले कृषिमा धेरै कुराहरुको विकास गर्नुपर्ने औल्याउदै कृषि उपजको प्रशोधन, बजारको विस्तार तथा विकासका कुराहरुमा सरकारले ध्यानदिने बताए । उनले भने कृषि यान्त्रीकरण प्रदर्शनीमा आइपुग्दा साथीहरुले दिएको सुझाव सहरानीय रहेको छ, धेरै कानुनहरु बन्ने प्रकृयामा रहेको छ कानुन तथा नीति बनाउदा कृषि योग्य जमिनको खण्डीकरण हुनबाट रोक्न, उर्बरभूमिमा विस्तार भइरहेको सहरीकरणलाई रोक्न आफु गम्भिर रहेको बताए । उनले प्रदर्शनिले कृषकहरुमा उत्साह वृद्धि हुने र कृषिको विकासको लागी यस्ता प्रदर्शनीहरुले महत्वपूर्ण भूमिका खेल्ने समेत बताएका थिए ।

धरान–८ स्थित पूर्वाञ्चल क्याम्पसको हाताभित्र हुने ४ दिनसम्म कृषि यान्त्रीकरण प्रदर्शनिको उद्घाटन बिहीबार १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले गरेका छन् । प्रदशैनिमा २० भन्दा बढी मुलुकमा उत्पादन भएका दुई हजार भन्दा बढि कृषि औजारको स्टल राखिएको छ भने साना हाते कृषि औजारदेखि ठूला आधुनिक औजारसम्म राखिएका छन् ।

प्रदर्शनिमा सुदुपश्चिमदेखि पूर्वको झापा इलामसम्मका करिब ५० हजार कृषकले अवलोकन गर्ने अनुमान आयोजकले लिएको छ । प्रदर्शनिमा १० करोडको कारोबार गर्ने लक्ष्य लिइएको र कृषि क्षेत्रमा विकसित देशहरुमा देखिएको आधुनिकिकरणलाई अंगाल्दै मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन दिगो कृषि विकास गर्न प्रदर्शनिले सहयोग पुराउने नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष स्वयम्भुकृष्ण श्रेष्ठले बताएका छन् । प्रदर्शनि नेपाल सरकार कृषि मन्त्रालय, कृषि इन्जिनियरिङ निर्देशनालय, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना र नेपाल कृषि मेशिनरी व्यवसायी संघको संयुक्त आयोजनामा हुन लागेको हो ।