पानवारी । झुनाज फिटनेसले बिहीबार निर्भाना फिटनेस दिवस तथा वल्र्ड व्रिथिङ्ग डे मनाएको छ ।
झुनाज फिटनेशले निर्भाना फिटनेस सम्बन्धि चेतनामुलक कार्यक्रमको आयोजना गरि स्थापना वल्र्ड ब्रिथिङ दिवस मनाएको हो । फेब्रअरी २२ मा निर्भाना फिटनेस स्थापना दिवस र सोहि दिन व्रिथिङ्ग डे पनि पर्ने भएकोले फिटनेश सम्बन्धी क्लबहरुले महत्वकासाथ मनाउने गर्दछन् । निर्भाना एक प्रकारको कसरत हो, यो बढि श्वास प्रश्वासमा केन्द्रित कसरत हो ।
फेब्रुअरी २२ निर्भानाको स्थापना दिवस भएकोले पनि निर्भाना फिटनेस गराइएको झुनाज फिटनेसका प्रोपराइटर तथा प्रशिक्षक झुना राईले जानकारी दिइन् । निर्भाना मेडिटेसन, योगा र पिलाटेसको कम्विनेसन रहेका कसरत भएको निर्भाना फिटनेसका गुरु सुसान्ति राईले जनाइन् । निर्भाना गर्दा शरिरको सबै भाग सक्रिय हुने हुनाले यसले शारिरिक र मानसिक दुवैलाई फाइदा पुग्ने फिटनेस गुरु सुशान्ति राई बताइन् । जुनै पनि उमेर समुहकाले गर्न सक्ने शान्त संगीतको धुनमा गरिने निर्भानाले तनाव कम गर्नुका साथै स्वास्प्रस्वास रोगि र धुम्रपान गर्नेहरुलाई बढि फाइदा हुने राईले जनाए ।
नेपालमा नै थोरै मात्रामा निर्भाना गुरुहरु रहेको र मोफसलमा झुनाज फिटनेसमा मात्र निर्भाना फिटनेस गराइने पनि फिटनेसका प्रोपराइटर झुना राईले दाबी गरिन् । काठमाण्डौ बाहिर सुसान्ति मात्र निर्भाना गुरु रहेको पनि उनको दाबी थियो । कार्यक्रममा विपि स्वस्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर, विद्यार्थी, शिक्षक, व्यवसायी, गृहणि महिला लागायतको उपस्थिति रहेको थियो ।