मोरङ/ मोरङको पथरीशनिश्चरे ३ स्थित जनतामाविका तात्कालिन प्रधानाध्यापक मेघनाथ ओझाको सम्झनामा ओझा परिवारले सो विद्यालयमा सवा १ लाख बढी रुपैयाँ खर्चेर गेट निर्माण गरिदिएका छन् ।
तात्कालिन प्रधानाध्यापक ओझाको प्रथम वार्षिक स्मृतिसभाका सन्दर्भमा परिवारले निर्माण गरेको गेट शक्रवार एक कार्यक्रमकाबीच नगरप्रमुख दीलिपकुमार राईले उद्घाटन् गरेका छन् । सो अवसरमा ओझाको स्मृतिमा उनका सहकर्मी तथा सो विद्यालयका पूर्व शिक्षक कृष्णप्रसाद अधिकारीले लेखेको सम्झना मेघनाथ नामक शोक पुस्तिकाको नगरप्रमुख राईले लोकार्पण समेत गरेका छन् ।
कार्यक्रममा, प्रमुख अतिथि राईका साथै विद्यालय व्यवस्थापन समिति अध्यक्ष डम्बर चेम्जोङ, प्रधानाध्यापक पदम सापकोटा, सहप्रधानाध्याक प्रेमप्रसाद उपाध्याय, शिक्षक रुपनारायण भट्टराईले सामाजिक अभियन्ता तथा कुशल शिक्षक एवम् प्रधानाध्यापका रुपमा चिनिएका ओझाको योगदानका बारेमा बोलेका छन् ।
०७३ फागुन ११ गते विद्यालयको कामको शिलशिलामा विराटनगर जाँदैगर्दा ओझाको मोटरसाइकल दुर्घटनामा परी ६० वर्षको उमेरमा निधन भएको थियो ।
ओझाको स्मृतिमा विद्यालयका पूर्व विद्यार्थीहरुले २ लाख ६१ हजारको अक्षयकोष जम्मा गरेका छन् । सोही स्मृतिमा पूर्व विद्यार्थीहरुले खानेपानीको धाराका लागि २७ हजार प्रदान गर्नुका साथै स्टेज निर्माणको योजना समेत वनाएका छन् ।