तरहरा । सुनसरी सेन्स जेभिएर्स बोडिङ स्कुलले १५ औ बार्षिक उत्सव तथा पुरस्कार वतरण कार्यक्रम शुत्रवार धुमधामको साथ सम्पन्न गरेको छ । इटहरीका पुरानो स्कुलले विद्यार्थीहरुको नाटक तथा सास्कृति कार्यक्रम गरेर भब्य बनाएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि इटहरी वडानम्वर ६ का वडाअध्यक्ष दिपक गौतमले विद्यार्थीहरुलाई पढाईमा मात्र अब्वल नबनाई अन्य गतिविधिमा समेत अब्बल बनाउँनु पर्ने वताए । उनले भने स्कुलको प्रगती उच्चतम राम्रो भएको बताउँदै आगमी दिनमा समेत विद्यार्थीहरुलाई अब्बल बनाउँदै लौजानु पर्न सुझाब दिए । कार्यक्रममा विशिष्ट अतिथि तथा पूर्व ब्यावसनका सुनसर अध्यक्ष दिलकुमार बनले स्कुलले शिक्षामा मात्र नभई अन्य गतिविधिमा समेत लाग्नु पर्ने वताए । त्यस्तै सामाजिक अगुवा रामधामीले विद्यालयको प्रगती राम्रो भएको वताए । स्कुलका प्रिन्सिपल कविन्द्र मण्डलले विद्यालयमा विद्यार्थीहरुलई आफुहरुले गुणस्तरीय शिक्षा दिईरहेको बताउँदै आगमी दिनमा पनि गुणस्तरलाई निरन्तरता दिने वताए । मण्डलले भने हामी विद्यार्थीहरुलाई शिक्षा दिने मात्र नभई खेलकुद सँगै सास्कृतिक कार्यक्रममा पनि लाग्न प्रत्साहन गदै आएका छौ । विद्यालयका भाईस प्रिन्सिपल वासुदेब श्रेष्ठले विद्यार्थीहरुलाई अब्बल बनाउँने काम गरीरहेको वताए । उत्सबमा विद्यार्थीहरुले नाटक तथा सास्कृति कार्यक्रम गरीरहदा अविभाबकहरु भने आफ्नो नानीहरुको प्रस्तुती देखेर दंग भए । साना साना नानीहरुले पनि विभिन्न कला देखाएका थिए । स्कुलले वर्षेनी वार्षिक उत्सब तथा पुरस्कार वितरण गदै आएको छ । खेलकुद तथा अन्य क्षेत्रमा उत्कृष्ट विद्यार्थीहरुलाई विद्यालयले सम्मान पनि गरेको थियो ।