विराटनगर / विदेशमा दुःख गरेर कमाएको पैसाले स्वदेश आएपछि आरमदायी जिन्दगी बिताउने सोच प्रायको हुने गर्दछन् । तर, मोरङ सुन्दरहरैचा नगरपालिका – ९ का दिनेश श्रेष्ठले त्यसो गरेनन् । उनले विदेशमा कमाएको पैसाँ उचित सदुपयोग गरी अहिले स्वेदशमै बसेर मालामाल भएका छन् ।
खाडी मुलक साउदी अबरमा ६ वर्ष बसेर आएका श्रेष्ठले विदेशमा कमाएको पैसा केराखेतीमा लगानी गरेका छन् । २०६५ सालदेखी ९ बिघा क्षेत्रफलमा लिज लिएर श्रेष्ठले सुन्दरहरैचा नगरपालिकामा केराखेती लगाएका छन् । ‘विदेशमा कमाएको पैसाँ नेपाल आएपछि केराखेतीमा लगान गरे,’ उनले भने, ‘अहिले आएर राम्रो आम्दानी भएको छ । प्रति बिघा खर्च कटाएर १ लाख ५० हजार देखी २ लाख रुपैयाँसम्म आम्दानी हुने गर्दछ ।’ १ विघा क्षेत्रफलमा १ हजार ८ सय वटा केराको विरुवा लगाउने गरेको उनले जानकारी दिए ।
‘प्रति बिघा ३५ हजारमा जग्गा लिजमा लिएको छु,’ उनले भने, ‘लिजमा लिएको जग्गामा विभिन्न प्रकारको केराहरु लगाउँदै आएको छु ।’ उनका अनुसार अहिले मालबोक र हाइबे्रट केरा रोपेको जानकारी दिए । अहिले रोपेको केरा १५ देखी १८ महिनामा विक्री गर्न मिल्ने उनले बताए ।
‘केरा खेती गर्दा गर्दै केराको बोटमा लाग्ने रोगको बारेमा समेत जानकार भइसके केराको बोट देखाउँदै उनले भने, ‘भर्खर यस क्षेत्रमा रोपेको केराको बोटलाइ गोडमेल गरी औषधी लगाएको छु । अब लामो समयसम्म यसलाई किराले आक्रमण गर्न सक्दैन,’ श्रेष्ठले भने ।’
‘गएको असार र साउनमा आएको बाढीले केराखेतीमा छति गर्यो,’ उनले भने, ‘बाढीले छति ग¥यो भनेर यस खेतीबाट बिचलित भएको छुइन । उनी भन्छन्, ‘यो एउटा व्यापार हो कहिले घाटा हुन्छ त कहिले नाफा ।’ केराखेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनले सालासँगको साझेदारीमा थप केराखेती विस्तार गरे ।
उनले सालासँग मिलेर थप ९ बिघा जग्गा लिजमा लिएर बेलबारी नगरपालिकामा केराखेती लगाएका छन् । ‘म एक्लैले थुप्रै ठाउँमा बाली लगाउन भ्याउदिन,’ उनले भने, ‘सालासँग मिलर थप अर्को ठाउँमा केराखेती विस्तार गरेको हो ।’ बेलबारमी लगाएको केराखेती पहिलो लट भएको उनले बताए । ‘विरुवाहरु राम्रो सप्रेर हुर्केको छ,’ उनी थप्छन्, ‘यसरी केराको बोट बढेको देख्दा केरा राम्रै हुन्छ जस्तो छ ।’ पहिलो लटमा लगाउँदा मात्र दिनेशले केराको विरुवा खरिद गर्ने गर्दछन् । त्यसपछि थप बालि विस्तार गर्नुप¥यो भने उनले लगाएको केराखेतीबाट केराको विरुवा उत्पादन गर्ने गरेका छन् ।
दिनेशलाई केराखेतीबाट ५ जनाको परिवार पाल्दै आएको उनले जानकारी दिए । छोरा छोरीलाई उच्च शिक्षा पनि अध्ययन गर्न यही व्यवसायले पुगेको उनले बताए । केराखेतीमा हौसला र साथ सहयोग दिनेशलाई उनका श्रिमतीले दिदै आएकी छिन् । उनीहरुले उत्पादन गरेको केराहरु सजिलै विक्री हुने गरेको श्रेष्ठले बताए । केरा खरिद गर्न बारीमा ब्यापारीहरु आउने गरेको उनले बताए । उनीहरुले उत्पादन गरेको केरा पूर्व मेचीदेखी काठमाण्डौसम्मका व्यापारीले खरिद गरी लाने गरेको छन् ।