तरहरा/ नेपाल क्यान्सर फाउन्डेसनले इटहरीमा ४ अर्बको लगानीमा अत्याधुनिक सुविधा सम्पन अस्पताल निर्माण हुने भएको छ । फाउण्डेसनले विभिन्न संघसंस्थाहरुबाट बजेट जुटाई इटहरीमा क्यान्सर अस्पताल खोल्न इटहरी उपमहानरपालिकालाई जग्गा माग गरेको हो । ४ सय करोड लगानीमा निमार्ण हुने अस्पताल सुविधा सम्पन्न हुने बताईएको छ ।
एक सय शैया क्षमताको अस्पताल निर्मार्ण गर्ने इटहरी उपमहानगरपालिकाले इटहरीको पर्यटकिय क्षेत्र काब्यबाटिको २ विगाह जग्गा दिने निर्णय समेत गरेको छ । जापान, इण्डिया र अमेरिकाको आर्थिक सहयोगमा संञ्चालन भइरहेको फाउन्डेसनले इटहरी ५ मा रहेको काव्यबाटिकाको जग्गामा अस्पताल निर्माण गर्ने उपमहानगरसँग सम्झौता गरिसकेको इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले जनाए । उनले भने इटहरीमा अस्पताल बने सँगै प्रदेश एकका जनताहरु भक्तपुर तथा भरतपुर जान नपर्न बताए ।
क्यान्सर सम्बन्धि सबै उपचार सहितको सेवा दिने उदेश्यले निर्माण हुन लागेको अस्पतालको जग्गा उपलब्ध गराउने बिषयमा काव्यबाटिका र इटहरी ५ नं. वडा कार्यालय बिच सहमति भइसकेको र इटहरी उपमहानगरपालिकाको कार्यपालिका बैठकबाटजग्गा उपलब्ध गराउने निर्णय भैसकेको छ इटहरीका मेयर चौधरीले भने । यो इटहरीको लागी सौभाग्य हो पूर्वकै केन्द्र इटहरीमा अस्पताल सञ्चालनमा आए जनतालाई सुविधा हुने उनको तर्क छ ।
फाउन्डेसनकी अध्यक्ष पूर्णीमा गुरुङ र उपमहानगरपालिका बिच अस्पताल निमार्णको लागी सम्झौता भएको उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर अर्जुन दहालले वताए । एक हप्ता पछि जग्गाको सर्वे गर्ने तयारी भएको छ । काब्यबाटिकाको २ विगाह जग्गा दिने निर्णय भएको छ । तर भवन निमार्ण गर्ने तिन विगाह जग्गा चाहिन्छ भनेका छन उपमहानगरले त्यो निर्णय गर्ने बाँकी छ इन्जिनियर दाहालले भने । काब्यबाटिकामा ३ विगाह जग्गा छ त्यो जग्गा दिने सहमती चाडै कार्यपालिका बैठकले गर्छ उनले थपे ।
इटहरीमा ठुला अस्पताल अहिले सम्म नभएको अवस्थामा यसरी ठुला लगानीमा अस्पताल निमार्ण हुने भए पछि इटहरीका सर्वसाधरण सम्म मख्ख भएका छन । इटहरीमा ठुला अस्पताल नहुदा धरान र विराटनगरमा निर्भर हुदै आएको इटहरी उपमहानगरपालिकामा सुविधासम्पन्न क्यान्सर अस्पताल बन्नु खुसीको कुरा भएको सर्वसाधरणको तर्क छ । अहिले पनि विरामीहरु धरान विराटनगर धाउँनु पर्ने वाध्यता रहेको भन्दै इटहरीका ठुलो क्यान्सर अस्पताल बन्नु खुसीको कुरा भएको वताएका छन । पूर्वकै केन्द्रविन्दु इटहरीमा अहिले सम्म सुविधा सम्पन्न अस्पताल खुल्न सकेको छैन ।